• १५ मंसिर २०८१, शनिबार

२४ जना विपन्न महिलालाई बाख्रा वितरण

blog

मधेसी तथा मुस्लिम समुदायका विपन्न महिलाहरूलाई बाख्रा हस्तान्तरण गरिँदै । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज १६ गते । बाँकेको डुडुवा गाउँपालिका-२ स्थित अमृत महिला समूह र विकास महिला समूहमा आबद्ध २४ जना विपन्न महिलाहरूलाई बाख्रा वितरण गरिएको छ ।

दलित महिला सङ्घले दातृ निकायको सहयोगमा अमृत महिला समूह र विकास महिला समूहमा आबद्ध विपन्न मधेसी तथा मुस्लिम महिलाहरूलाई ७२ वटा बाख्रा र एउटा बेलन बाख्रा वितरण गरिएको हो ।

मधेसी तथा मुस्लिम समुदायका विपन्न महिलाहरूको आय आर्जनमा वृद्धि गराउन तथा उनीहरूको आत्मनिर्भरता बढाउनका लागि बाख्रा वितरण गरिएको सङ्घले जनाएको छ ।

अमृत महिला समूह र विकास महिला समूहका मधेसी तथा मुस्लिम समुदायका विपन्न महिलाहरूलाई प्रति व्यक्ति ३-३ वटा बाख्रा र दुई समूहमा एक वटा बेलन बाख्रा वितरण गरिएको थियो ।