तीन वर्षमा बाइस लाख करदाता थपिए
विगत तीन वर्षमा २२ लाखभन्दा बढी करदाता थपिएका छन् । करको दरभन्दा दायरा विस्तार गर्ने लक्ष्यलाई प्राथमिकता दिएको सरकारले करमा दर्ता हुनुपर्ने क्षेत्र विस्तार गर्दा करदाताको सङ्ख्या बढेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार २०७७ असारसम्म ३३ लाख ३७ हजारले स्थायी लेखा नम्बर लिएकामा २०८० असारसम्म उक्त सङ्ख्या बढेर ५५ लाख ५४ हजार नाघेको छ । यस हिसाबले विगत तीन वर्षमा २२ लाख १६ हजार करदाता थपिएका छन् ।
दुई अर्ब छयहत्तर करोडको चामल आयात
चालु आर्थिक वर्षको दुई (साउन र भदौ) महिनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपियाँ बराबरको आयात भएको हो ।
बिमा व्यवसाय सबभन्दा बढी बागमतीमा
मुलुकभरकै निर्जीवन बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्ममा सञ्चालित १४ निर्जीवन बिमा कम्पनीको व्यवसाय बागमतीमा केन्द्रित रहेको देखिएको हो । हाल देशभर सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले सङ्कलन गरेको बिमा शुल्कमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी बिमा शुल्क सङ्कलन भएको छ भने कर्णाली प्रदेशमा सर्वाधिक कम भएको छ ।
वास्तविक समयमा बिजुली बेच्न अनुमति
नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ) का आधारमा मात्र बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बेच्न पाउने भएको हो ।
इन्धनको मूल्यवृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार बसेको निगम सञ्चालन समितिले आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
भोटखोलामा विद्युतको राष्ट्रिय प्रसारणलाइन जोडियो
सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका-४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बालिएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ ।
पर्यटक लोभ्याउने स्यार्पुताल (फोटो फिचर)
असोज ११ गतेदेखि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा “स्यार्पू, पर्यटन तथा व्यापार महोत्सव” चलिरहेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको स्यार्पुतालको छेउमै महोत्सव गरिनुको मुख्य कारण यही “स्यार्पुताल” हो ।
‘समयमै बजेट विनियोजन गर्न मन्त्रालय प्रतिबद्ध’
अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न आयोजनाका लागि समयमै बजेट विनियोजन गर्न अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क (एडिबी) र विश्व बैङ्कले सहयोग गरेका परियोजनाको प्रगति मूल्याङ्कन तथा प्रमुख मुद्दाहरू सम्बोधन गर्न बसेको संयुक्त त्रिपक्षीय समीक्षा बैठकमा उहाँले विकास परियोजनालाई सही दिशामा अघि बढाउन समन्वय आवश्यक रहेको बताउनुभयो ।
काम्लो बिक्री नहुँदा व्यवसायी निराश
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–११, सेरास्थित एकता कृषक समूहले तयार गरेका काम्लो बिक्री नहुँदा व्यवसायी निराश भएका छन् । समूहले तयार गरेका भेडाबाख्राको ऊनबाट निर्मित काम्लोलगायत विभिन्न सामग्री बिक्री नहुँदा व्यवसायी निराश भएका हुन् । पुथाउत्तरगङ्गा गाउँपालिका–११, सेरामा एकता कृषक समूहले भेडाबाख्राको ऊनबाट विभिन्न सामग्री तयार गरिराखेका छन् । यस वडाका अधिकांश किसानले भेडाबाख्रा पालन गर्ने गरेका छन् ।
राष्ट्र बैङ्कद्वारा तेह्र अर्बको ऋणपत्र
सरकारलाई आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १३ अर्ब १० करोड रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले विकास ऋणपत्र २०८८ ‘ग’ नामबाट जारी गर्न लागेको आठ वर्ष अवधिको यो ऋणपत्र आगामी सोमबार असोज १४ गते बोलकबोलमार्फत बिक्री गरिने छ भने असोज १५ गते निष्कासन हुने छ ।
इजरायलमा दोस्रो चरणमा श्रमिक पठाउन पहल
सरकारले इजरायलमा सरकारी प्रक्रियामार्फत दोस्रो चरणमा सहायक श्रमिक पठाउन तयारी थालेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणमा छनोट भएकालाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा दोस्रो चरणमा पठाउनका लागि तयारी थालेको हो । विभागका महानिर्देशक महेश दाहालले पहिलो चरणमा एक हजार १७५ जना श्रमिक लगेको इजरायलले दोस्रो चरणमा पनि त्यति नै सङ्ख्या लैजाने विषयमा सकारात्मक भएको जानकारी दिनुभयो ।
दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी
यस वर्ष दसैँमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी व्यवसायीले ५० हजार सङ्ख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् ।
५१ देशका आरोहीले लिए अनुमति
शरद ऋतुमा जारी हिमाल आरोहण गर्न यस पटक नेपालसहित ५१ देशका नागरिकले अनुमति लिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार २६ वटा हिमाल आरोहण गर्न आइतबारसम्म ५१ देशका ४३६ जनाले आरोहण अनुमति लिएका हुन्। आरोहण अनुमति लिनेमा ५६ समूहका ९४ जना महिला र ३४२ जना पुरुष रहेका छन्।
दुध किसानको छ अर्ब भुक्तानी दिन बाँकी
दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्तानी पाउन बाँकी छ तर डेरी उद्योगीले भने किसानबाट खरिद गरिएको दुध बिक्री नभएका कारण भुक्तानीमा समस्या भइरहेको बताएका छन्। ऋण लिएर केही रकम भुक्तानी दिने गरिए पनि सबै रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेको तर्क डेरी उद्योगीको छ।
सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय
नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।
‘मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमनलाई प्रभावकारी तुल्याउनुस्’
प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले नजिकिँदै गएको चाडबाडलाई लक्षित गरी बजारमा हुन सक्ने मूल्य वृद्धि र कालोबजारीको अनुगमनलाई प्रभावकारी तुल्याउन निर्देशन दिएको छ ।
बागलुङमा दोवाको निगुरो
निगुरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निगुरो पाक्ने गरेको छ । लेकाली निगुरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निगुरोको माग बागलुङमा उच्च छ ।
महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम
गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिनुभयो ।
धानमा रोग लागेपछि किसान चिन्तित
“पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भन्नुभयो, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।
फितलाे अनुगमनले कालोबजारी झन् बढ्दाे
चाडबाड नजिकिएसँगै बजारमा कालाेबजारी झन् बढ्दै गएको पाइएको छ । बजेट भाषणसँगै मूल्यवृद्धि हुने भन्दै असारमा विभिन्न सामग्री लुकाउँदै कृतिम अभाव सिर्जना गर्ने गर्छन र दशैं तिहार नजिकिएसँगै अत्यावश्यक उपभोग्य सामग्रीको कालोबजार गर्ने गरेको छ ।
दुध उत्पादन बढ्यो, किसान मर्कामा
कोशी प्रदेशमा तीन वटा डेरी उद्योगले पाउडर दुध उत्पादन गर्न थालेका छन् । गएको चैत महिनासम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गरिरहेकामा बजारमा दुधको उत्पादन बढेपछि तीन वटा प्लान्टले नियमित धुलो दुध उत्पादन गरिरहेका छन् । कोशी प्रदेशमा दुध उत्पादन बढेको र उत्पादन भएको दुधले बजार नपाउँदा दुधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको छ । तीन वटा पाउडर प्लान्ट नियमित सञ्चालन गर्दा पनि उत्पादित सबै दुध खपत हुन सकेको छैन । किसानले उत्पादन गरेको दुध सहकारीहरूले सङ्कलन नगर्दा किसानले अहिले अघोषित मिल्क होलिडे सामना गरिरहेका छन् । पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानको साँझको दुध डेरीहरूले सङ्कलन गर्न छोडेका छन् । यसले किसान समस्यामा परिरहेको भेषराज आचार्यले बताउनुभयो ।
सहकारीको तीन करोड ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ
तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ ।
केरा खेतीबाट मनग्य आम्दानी
तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन् । उहाँले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् ।