• १२ साउन २०८१, शनिबार

सहकारीको तीन करोड ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ

blog

अमरराज नहर्की

तनहुँ, असोज १२ गते । तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ ।

तनहुँको  भिमाद नगरपालिका–९ सखेपमा रहेको भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक ५२ वर्षीय चुत्रबहादुर थापालाई पक्राउ गरेको हो ।  भिमाद नगरपालिका–९ कटनछाप बस्ने थापाले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय ३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण (कर्जा) जनाई रकम हिनामिना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

थापाले संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६  रुपियाँ हिनामिना गरेको भनी निजको विरुद्धमा जाहेरी दरखास्त दिएको पक्राउ गरिएको प्रनाउ खाँडले बताउनुभयो ।  तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।