सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय
काठमाडौँ, भदौ १० गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ । रासस
भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर ९आइपिओ० जारी गर्ने भएको छ ।
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात
स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ।
हाटबजारमा मही सेवन गर्ने अभियान
रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । प्रमुख अतिथि पूर्वसंस्कृति तथा पर्यटन प्रदेशमन्त्री याङ्किला शेर्पाको उपस्थितिमा भएको कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
ऊर्जा विकासको बाह्रवर्षे रणनीतिक योजना बन्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् क्षेत्रको दिगो विकासका लागि सन् २०३५ को लक्ष्य राखेर दीर्घकालीन योजना तय गर्न लागिएको बताउनुभएको छ । ऊर्जा क्षेत्रलाई सो बेलासम्म कहाँ पुर्याउने र कसरी पुर्याउने भन्ने स्पष्ट रणनीति त्यसमा तय गरिने उहाँले जानकारी दिनुभयो । बिहीबार मन्त्रालयमा भएको पत्रकारसँगको संवादमा मन्त्री बस्नेतले विद्युत् क्षेत्रको प्रगतिका लागि प्रतीक्षित विद्युत् विधेयक दुई साताभित्र संसद्मा पेस हुने जानकारीसमेत गराउनुभयो ।
पचपन्न खर्ब अठार अर्ब रुपियाँ कारोबारमा आधारित तरलता प्रवाह
आर्थिक वर्ष २०७९/८० मा कुल ५५ खर्ब १८ अर्ब १९ करोड रुपियाँ (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ । यस्तै रिभर्स रिपोमार्फत ८८ अर्ब २० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत २० अर्ब गरी कुल एक खर्ब आठ अर्ब २० करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ ।
कालो सूचीमा पर्ने दोब्बर बढे
सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रक्रिया र आचरण पालना नगर्दा कालो सूचीमा पर्नेको सङ्ख्या निरन्तर बढ्न थालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १६२ वटा विभिन्न बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनी कालो सूचीमा परेका छन् । यो सङ्ख्या त्यसअघिको वर्षको तुलनामा करिब दोब्बर हो । कार्यालयका अनुसार त्यसअघि आव २०७८/७९ मा ८४ वटा त्यस्ता विभिन्न संस्था कालो सूचीमा परेका थिए ।
सिपालु गृह श्रमिकका फेरिएको दैनिकी
विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउँदै आउनुभएको छ । उक्त कार्यबाट उहाँले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्नुहुन्छ ।
बिजुली प्रसारणको महाजाल
दोस्रो कार्यकालको मध्यावधिसम्मको सफलता सार्वजनिक गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँले बत्ती जाने समस्याको सामना गर्नु पर्यो । केही सञ्चार माध्यमले यो विषय समाचार पनि बनाए । कुलमान घिसिङकै कार्यालयमा सबैजसो सञ्चार माध्यमका पत्रकार उपस्थित कार्यक्रममै बत्ती जानुले नेपालकै विद्युत् आपू
अर्थमन्त्री जिइएफको उपाध्यक्षमा निर्वाचित
अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जिइएफ) को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसअघि जिइएफको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभयो । त्यस्तै उहाँले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसङ्ख्याका लागि पानीको स्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गर्नुभयो ।
किसानको भुक्तानी गर्न डेरी उद्योगीलाई पत्र
राष्ट्रिय दुध विकास बोर्डले प्रत्येक १५–१५ दिनमा किसानलाई भुक्तानी गर्न आग्रह गर्दै सरोकारवालालाई पत्र पठाएको छ । किसानबाट दुध खरिद गरेका डेरी उद्योगीले समयमा भुक्तानी नगरेको गुनासो आएपछि बोर्डले त्यस्तो निर्देशन दिएको हो । बोर्डले दुग्ध विकास संस्थान (डिडिसी), डेरी उद्योगीको साझा सङ्गठन नेपाल डेरी एसोसिएसन र नेपाली डेरी उद्योग सङ्घलाई पत्र पठाएको हो । डिडिसीले किसानलाई तीन महिनादेखि भुक्तानी दिएको छैन । करिब ५० करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ । बोर्डले डिडिसीलाई तीन महिनाभन्दा बढी समयको भुक्तानी नगरेको सम्बन्धमा यथासम्भव चाँडो भुक्तानी गर्न बोर्डले आग्रह गरेको छ ।
तोकियो विदेशी च्यानलको शुल्क
सरकारले विदेशी सशुल्क च्यानलहरूको शुल्क निर्धारण गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केबुल, डिडिएच, एमएसओ, एमएमडिएस, आइपिटिभी, डिटिटिभीलगायतका माध्यमबाट उपभोक्तासमक्ष टेलिभिजन प्रसारण गर्न अनुमतिपत्र संस्थाले उपभोक्ताबाट मासिक रूपमा लिने शुल्क बिहीबार निर्धारण गरेको हो। मन्त्रीस्तरको निर्णयबाट उक्त शुल्क निर्धारण गरिएकाले सोहीबमोजिम मात्र प्रसारण संस्थाहरूले उपभोक्ताबाट शुल्क लिन मन्त्रालयले निर्देशन दिएको छ।
चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब लगानी स्वीकृत
लगानी बोर्डले चार वटा जलविद्युत् आयोजना निर्माणका लागि कुल ३६ अर्ब ३७ करोड रुपियाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ५५ औँ बैठकले २२ मेगावाटको रोल्वालिङ खोला, ६३ मेगावाटको छुजुङ्ग खोला, ४९.९५ मेगावाटको दानाखोला र ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।
अठार अर्बको इन्धन आयात
चालु आर्थिक वर्षको साउन महिनामा १८ अर्ब रुपियाँ बराबरको झन्डै दुई लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनामा १७ अर्ब ७९ करोड ४३ लाख रुपियाँ बराबरको एक लाख ९१ हजार ७९६ किलोलिटर (पेट्रोल, डिजेल, मटितेल, ग्यास हवाई इन्धन) आयात भएको हो । अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत इन्धन आयात कमी भएको हो । अघिल्लो वर्षको साउन महिनामा २१ अर्ब ९८ करोड रुपियाँको इन्धन आयात भएको थियो । बजारमा खपत कम हुँदा आयातमा कमी आएको हो । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण विकास निर्माणका काम कम हुँदा गत वर्षदेखि नै इन्धनको खपतमा कमी हुँदै आएको थियो ।
दस अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क
सरकारलाई आन्तरिक ऋण जुटाउन नेपाल राष्ट्र बैङ्कले दस अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले भदौ १० गते आइतबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । भदौ ११ गते जारी गर्ने गरी राष्ट्र बैङ्कले छ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्न लागेको जनाएको छ ।
सामाजिक सुरक्षा कोष : वैदेशिक रोजगारीका तीन लाख श्रमिक आबद्ध
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म तीन लाख बढी श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । चार महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । यो सङ्ख्या चैत ८ गतेदेखि भदौ ५ गतेसम्मको हो ।
भोली १० अर्बको विकास ऋणपत्र जारी हुने
नेपाल राष्ट्र बैङ्कले रु १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रूपमा राष्ट्र बैङ्कले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।
महानगरको ६५ करोड ४२ लाख बढी राजस्व सङ्कलन
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको साउनमा ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
कृषि उत्पादन बढाउन अर्घाखाँचीमा निःशुल्क माटो परीक्षण सुरु
अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका छन् ।
धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित
खुमल चार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
पर्यटकको पर्खाइमा खाँगे झरना
सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनमा रहेको खाँगे झरना पर्यटकको पर्खाइमा छ । हालसम्म प्रवर्धन र आवश्यक प्रचारप्रसारको अभावले ओझेलमा प
ऊर्जा विकासको बाह्रवर्षे रणनीतिक योजना बन्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् क्षेत्रको दिगो विकासका लागि सन् २०३५ को लक्ष्य रखेर दीर्घकालीन योजना तय गर्न लागिएको बताउनुभएको छ । ऊर्जा क्षेत्रलाई सो बेलासम्म कहाँ पु-याउने र कसरी पु-याउने भन्ने स्पस्ट रणनीति त्यसमा तय गरिने उहाँले जानकारी दिनुभयो । बिहीबार मन्त्रालयमा भएको पत्रकारहरूसँगको संवादमा मन्त्री बस्नेतले विद्युत् क्षेत्रको प्रगतिका लागि प्रतिक्षित विद्युत् विधेयक दुई साताभित्र संसद्मा पेस हुने जानकारीसमेत गराउनुभयो ।
एनआरएनएको अध्यक्षमा अधिकारीको उम्मेदवारी
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी नेतृत्वका लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उहाँले सङ्घकोे संस्थागत विकासका लागि उम्मेदवारी दिएको बताउनुभयो । आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म हुने सङ्घको महाधिवेशन हुँदै छ । लामो समयदेखि सङ्घमै रहेर नेपालको हित र महिला सशक्तीकरणको पक्षमा काम गर्दै आएकाले आफू अब सङ्घको नेतृत्वमै रहेर काम गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको अधिकारीले बताउनुभयो ।
आलु विकास केन्द्रमा आलुको बीउ तयार
इलामको उत्तर पूर्वी सिमाना जौवारिमा रहेको आलु विकास केन्द्रले नयाँ आलु खन्न थालेको छ । अहिले खन्न थालिएको आलुलाई केन्द्रले बीउका रूपमा किसानहरूलाई उपलब्ध गराउने गरेको छ ।