सुनसान छन् बागलुङका घरबास
बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन्
बागमती प्रदेशको माटोमा अम्लीयपनको समस्या
बागमती प्रदेशमा खेती हुँदै आएको माटोमा अम्लीयपनको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा यस्तो पाएको कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनुभयो । प्रदेशमा माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, बर्सातको पानी, माटो बन्ने पैतृक चट्टान र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उहाँले बताउनुभयो ।
म्याग्दीमा तिस हजार पर्यटक
गत आर्थिक वर्षमा हिमाली जिल्ला म्याग्दीको झन्डै ३० हजार पर्यटकले अवलोकन गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । लामो समयसम्म विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिम पूर्ण अवस्था पछि गएको वर्ष उक्त सङ्ख्यामा विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको भ्रमण गर्नका लागि बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका, स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताइवानबाट पर्यटक आएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिनुभयो ।
संस्थापकद्वारा अप्पर तामाकोशीको हकप्रदमा लगानी
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले हकप्रद सेयरबापतको रकम बुझाएका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको कुल पाँच अर्ब ४० करोड नौ लाख रुपियाँ चुक्ता गरेका छन् ।
भैरहवाबाट यात्रुलाई काठमाडौँ हुँदै हङकङ र दिल्ली उडान
नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब मङ्गलबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।
नार्कको पाँच सय हेक्टर जमिन बाँझो
देशको कृषि तथा पशुपन्छीलगायत क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको जमिनमध्ये पाँच सय हेक्टर जमिन बाँझो भेटिएको छ । नार्कसँग अनुसन्धान गर्न देशैभर करिब १२ सय हेक्टर जमिन रहेको छ, त्यसमध्ये पाँच सय हेक्टर जमिन बाँझो भएको नार्कले जनाएको छ ।
नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायीको सुरुवाती चरणमा रहेकालाई लक्षित गर्दै यस्तो लक्ष्य सार्वजनिक गरिएको हो । राजधानीमा ‘स्टार्टअप नेसन २०३०’ को घोषणा गर्दै दिगो विकासका लक्ष्य पूरा हुने अवधिभित्रै सो लक्ष्य पनि पूरा गर्ने गरी अभियान अघि बढाएको घोषणा गरिएको हो ।
सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय कायम भएको छ ।
सहुलियतपूर्ण ऋणको बजेट कटौती
बागमती प्रदेश सरकारले उत्पादन र रोजगारीको सिर्जना गरी सहुलियतपूर्ण ऋण लगानी गर्न विनियोजन गर्दै आएको बजेटमा कटौती गरेको छ । सहुलियतपूर्ण ऋण लगानी प्रभावकारी नभएको भन्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा वित्तीय व्यवस्थापनतर्फ सहुलियतपूर्ण ऋण लगानीको बजेट कटौती गरेको हो ।
पाथीभराको भेटी सात करोड अठासी लाख मौज्दात
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी रकम सात करोड अठासी लाख रुपियाँ बढी मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म सङ्कलन भएको भेटीमध्ये उक्त रकम बराबर मौज्दात रहेको हो ।
दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।
भारतबाट अवैध रूपमा दुध भित्रिँदै
भारतबाट परीक्षणबिनै अवैध रूपले दैनिक आठ हजार लिटर दुध बाँकेमा भित्रिने गरेको पाइएको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले गरेको अनुगमनका क्रममा सो पाइएको सङ्घले जनाएको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले दुधको गुणस्तरीयता जाँच र भन्सार नगरी भारतबाट दैनिक आठ हजार लिटरभन्दा बढी दुध अवैध रूपमा आयात भइरहेकाले जिल्लाका किसानको दुध बिक्री हुन नसकेको बताउनुभयो ।
नबिललाई ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’
नबिल बैङ्क लिमिटेड बैङ्क तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरसिप एकाडेमीले शुक्रबार आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रममा बैङ्कलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । कार्यक्रममा नेपाल बैङ्कर्स एसोसिएनका अध्यक्ष सुनिल केसीले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।
जाजरकोटलाई अँध्यारोमुक्त बनाउन तीन अर्बको ठेक्का
जाजरकोटलाई दुई वर्ष भित्र पूर्ण विद्युतीकरण बनाउनको लागि तीन अर्बको ठेक्का सम्झौता गरिएको छ । वितरण प्रणाली विस्तार तथा स्तरोन्नति आयोजना अन्तरगत यो निर्माण कार्यको काम अघि बढेको जनाइएको छ ।
लगानी स्वीकृतिपत्र हस्तान्तरण
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ऋण प्रवाह गर्ने प्रतिबद्धता जनाएका चार जलविद्युत् आयोजनाका लागि ऋण स्वीकृत गरेको पत्र प्रदान गरेको छ । शुक्रबार एचआइडिसिएलले एकै पटक कुल पाँच सय मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा १३ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको पत्र प्रदान गरेको हो ।
नेपाल इन्टरमोडललाई प्राधिकरण लैजान सुझाव
नेपाल इन्टरमोडल यातायात विकास समितिलाई मर्ज नगरी प्राधिकरण मोडलमा लैजान व्यापारविज्ञहरूले सुझाव दिएका छन् । सरकारले समिति र पारवहन तथा गोदाम कम्पनीलाई मर्ज गर्न तयारी गरिरहेका बेला व्यापारविज्ञले मर्ज नगरी छुट्टै प्राधिकरण गठन गर्नुपर्ने बताएका हुन् । पूर्वसचिव एवं व्यापारविज्ञ पुरुषोत्तम ओझाले नेपालमा सुक्खा बन्दरगाह निर्माण गरी निजी क्षेत्रलाई नियमन गर्दै आएको समितिलाई प्राधिकरण मोडलमा लैजानु आवश्यक रहेको बताउनुभयो । दुई वटा निकायको जिम्मेवारी सञ्चालक र नियमन गर्ने भएकाले पनि मर्ज गर्न उपयुक्त नभएको उहाँको भनाइ छ ।
साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति
आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो । जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए ।
फलफूल खेतीमा रमाउँदै अर्जुन
वराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले विगत चार वर्षदेखि ‘विष्ट कृषि फार्म’ खोलेर फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । नेपाल प्रहरीमा १७ वर्षे जागिरे जीवन बिताएर घर फर्किएका विष्टले गाउँमै फलफूल खेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको हो ।
भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उड्न पाइने
नेपाल वायुसेवा निगमले मंगलबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्नेगरी टिकट बुकिङ् खुलाएको छ।
विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नुभएको छ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि २० दशमलव ५४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलव ३८ कायम भएको छ।
बागवानी केन्द्रका फलफूल बजारमा
मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित बागवानी नर्सरी केन्द्रमा यतिखेर स्याउलगायतका फलफूल लटरम्म फलेका छन्।
सर्लाहीका किसानले उखुको अनुदान पाएनन्
जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् ।
नौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन
बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ ।