• १४ मंसिर २०८१, शुक्रबार

हुप्सेकोटका महिला पिँडालु खेतीमा

blog

मीना कँडेल

कावासोती, कात्तिक ५ गते । पूर्वी नवलपरासीको हुप्से कोटका महिला अर्गानिक खेतीसँगै पिँडालु खेतीमा नै आत्मनिर्भर बनेका छन् । जुकेपानीमा पानीको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो हुँदैन । जसका कारण यहाँका अधिकांशले पिँडालु खेती गर्दै आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् । जुकेपानीका २५ घरधुरीले पिँडालु खेतीबाट आफ्नो घरखर्च चलाउँदै आएका छन् । 

नवलपुरको हुप्सेकोट गाउँपालिका–१, जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो । पिँडालु खेतीबाट नै उहाँले आफ्नो घरखर्च धान्दै आएको बताउनुहुन्छ । उहाँले अहिले सात कट्ठा क्षेत्रफलमा पिँडालु खेती गर्नुभएको छ । यहाँका अधिकांशले पिँडालु खेती गर्ने गरेको तामाङले बताउनुभयो  ।

उहाँले भन्नुभयो, “घरै पिँडालु वनै पिँडालु ससुराली जाँदा बाह्र हात पिँडालु” भने झैँ जहाँ पनि सजिलै पाइने भएर नै होला पिँडालुलाई महŒव नदिएको । पिँडालु जेसँग पकाए पनि मिल्छ, स्वास्थ्यलाई पनि फाइदाजनक तर पनि नेपाली समाजमा पिँडालुलाई हेलाको दृष्टिले हेरिने भएकाले होला पिँडालुको उदाहरण दिएर नेपाली उखान यसरी बनेको छ । यसबाट नै मनग्गे आम्दानी हुने रहेछ ।”

यस्तै अर्की किसान पूर्णमाया तामाङले पनि विगत १४ वर्षदेखि पिँडालु खेती गर्दै आएको बताउनुभयो । उहाँले अहिले १० कट्ठा क्षेत्रफलमा हात्तीपाउ पिँडालु लगाउनुभएको छ । केही वर्ष पहिले बजारको पहुँच राम्रो नहुँदा पिँडालुसँग धान साटेर ल्याउने गरिन्थ्यो तर अहिले बजारीकरण भएसँगै पिँडालु बिव्रmी गर्न कुनै समस्या नभएको र विभिन्न स्थानमा निर्यात हुने गरेको उहाँ बताउनुहुन्छ ।

पछिल्ला वर्षहरूमा पिँडालु खेतीबाट नै एक लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । पिँडालु खेतीले यहाँको समुदायलाई सामूहिक रूपमा काम गर्ने परम्पराको विकाससमेत गरेको छ । जुकेपानीको तामाङ टोलका २५ घरले पिँडालु खेती गर्दछन् । ती सबै घरका मिलेर सामूहिक रूपमा अर्मपर्म गरेको स्थानीय सम्झना तामाङले बताउनुभयो ।