अविवाहित महिला र पुरुषलाई नै भत्ता
गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो ।
नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो
यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो ।
स्याउ बिक्रीमा समस्या
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, जगनाथ, बुढीनन्दा र स्वामिकार्तिकमा उत्पादन गरिएको स्याउ अहिले बारीमै थन्किएको छ ।
डेढ करोडको प्लाइउड भारत निर्यात
नेपालगन्ज नाकाबाट एक महिनामै डेढ करोड रुपियाँको प्लाइउड भारत निर्यात गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै एक करोड ४६ लाख मूल्य बराबरको २५ हजार चार क्युबिक मिटर प्लाइउड भारत निर्यात गरिएको हो ।
अठसट्ठी प्रतिशतले चलाउँछन् फोरजी
सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । अर्कोतिर पुरानो बन्दै गरेको थ्रिजी प्रयोगकर्ताको सङ्ख्या भने घट्दै गएको देखिन्छ ।
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।
हुम्लामा अझै खच्चडबाटै नै ढुवानी
राष्ट्रिय सडक सञ्जाल जोडिएको दक्षिणी हुम्लाको सलीसल्लासम्म गाडीमा ढुवानी गरी ल्याइएको इन्धन सदरमुकाम सिमकोटसम्म खच्चडमार्फत ढुवानी गरी खार्पुनाथ गाउँपालिकाको खार्पुमा ल्याइँदै । अहिले ढुवानी दर घटेर प्रतिकेजी ४५ रुपियाँ पुगेको छ ।
हिल्सा नाकामा व्यापार सहज नभएको गुनासो
नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसायका लागि बस्दै आएका नेपाली व्यापारीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन् ।
टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनु भएको छ ।
साताको शेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से
यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेको थियो ।
परम्परागत सीप सिकाउँदै विद्यालय
व्यास नगरपालिका–५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयले लोपोन्मुख परम्परागत सीप सिकाई रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत सालको पातको दुना तथा टपरी बुन्ने सीप प्रदान गरिरहेको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।
घरेलुु श्रममा विदेश पठाउने तयारी
विगत सात वर्षदेखि घरेलुु श्रममा विदेश पठाउन रोकिएको कार्यलाई सरकारले ‘पाइलट’ परीक्षणका रूपमा खुुलाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा यही साता उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, मुख्यसचिव, परराष्ट्रसचिव, श्रमसचिव र विभिन्न १२ देशका राजदूतसँगको छलफलमा सो विषयमा सहमति भएको हो ।
विद्युतीय गाडीमा बढ्दो आकर्षण
भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो सो’ मा विद्युतीय गाडीप्रति आकर्षण बढेको छ । प्रदर्शनीमा राखिएका गाडीहरूमध्ये पेट्रोल र डिजेलबाट चल्नेभन्दा विद्युतीय गाडीको सङ्ख्या धेरै छ ।
‘प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम–घरको व्यवस्थासहित व्यापार सहजीकरण गर्नुपर्छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकका प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम घरको व्यवस्थासहित तेस्रो मुलुकबाट हुने व्यापार–व्यवसायको क्षेत्रमा आवश्यक सहजीकरण गरी लागत घटाउन सक्दो प्रयास गर्ने बताउनुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो ।
निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास सम्भव : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो भएको बताउनु भएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग
सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिनुभएको छ ।
अर्थतन्त्र चलायमान हुन्छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताउनुभएको छ ।
दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने
गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो ।
रेसुङ्गामा तीन महिना पछि जहाज पुग्यो
गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रबार जहाज आएको छ । पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रबार उडान भरेको छ ।
उद्योग दर्ता हुने क्रम घट्दै
कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कच्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो ।
मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति
गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको सामागाउँमा रहेको मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति लिएका छन् । यो शरद ऋतुका लागि २३ समूहबाट २०८ जना पुरुष र ५८ जना महिलाले आरोहणको अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ ।
पाँचथरमा ड्र्यागन फ्रुटको व्यावसायिक उत्पादन सुरु
पाँचथरको हिलिहाङमा सिउँडी फल (ड्र्यागन फ्रुट) को व्यावसायिक उत्पादन सुरु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिकामा यसको उत्पादन सुरु भएको हो । यहाँका फणीन्द्र रिजाल र ओमनाथ रिजालले यो फल उत्पादनका लागि झन्डै एक सय रोपनी जग्गा व्यवस्थापन गर्नुभएको छ । जसमध्ये झन्डै ३५ रोपनी क्षेत्रफलमा लगाइएका बेर्नाले उत्पादन दिन थालेका हुन् ।
नारायणगढमा मन्दीको असर
व्यवसाय बिस्तारै खस्कँदै गएपछि व्यवसायी पलायन हुँदा देशकै मध्य भागमा रहेको मुख्य व्यापारिक केन्द्र नारायणगढ बजारकै धेरै भाडाका घर खाली हुन थालेका छन् ।