बिस हजार टन चिनी आयात अनुमति
सरकारले ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी आयातको अनुमति दिएको छ । चाडपर्वका बेला बजारमा अभाव हुनु नदिनका लागि अर्थ मन्त्रालयले चिनी आयात गर्न अनुमति दिएको हो ।
श्रम गन्तव्य युरोपतर्फ मोड्ने तयारी
सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ ‘मोड्ने’ तयारी गरेको छ ।
‘कृषि क्षेत्रमा प्रत्यक्ष योगदान गर्न आवश्यक’
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ६० औँ वर्ष पूरा गरी ६१ वर्षमा प्रवेश गरेको छ ।
१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ।
सुविधा खोसिने भएपछि आर्थिक सुधारका नीति कार्यान्वयनमा अवरोध भयो : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताउनुभएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घ भुक्तानी नपाउँदा निर्माण प्रभावित
सरकारी निकायबाट निर्माण कम्पनीहरूले ५० अर्ब रुपियाँ भुक्तानी नपाउँदा निर्माण कार्य नै प्रभावित भएको छ । भुक्तानी नपाउँदा निर्माण कार्य अघि बढाउन नसकेर व्यवसाय नै आर्थिक सङ्कटमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । १५/१५ दिनमा भुक्तानी दिने सहमति भए पनि कार्यान्वयन नहुँदा व्यवसायीहरू आर्थिक समस्यामा परेको महासङ्घका महासचिव रोशन दाहालले बताउनुभयो ।
‘गलत नियतले सञ्चालित सहकारीलाई कारबाही हुन्छ’
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले सहकारीको नाममा गलत नियतले काम गरी सहकारीका बचतकर्ता तथा निक्षेपकर्ताको रकम हिनामिना गर्ने सहकारी तथा सञ्चालकलाई कारबाही गरिने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ काभ्रेपलाञ्चोकको ४२ औँ साधारण सभा कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले समस्याग्रस्त सहकारी घोषणाका लागि समिति बनाउने गृहकार्य गरिरहेको बताउनुभयो ।
कोरियाको भिसा रद्द गरी गाउँमा कृषिकर्म
बाँकेको कोहलपुर नगरपालिका–११, कृषि रोडका ३८ वर्षीय सर्वजित वंशीमगरले करिब नौ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताउनुभयो । तर भिसा अवधि बाँकी रहँदै नेपालमै केही गर्नु पर्छ भन्ने मान्यता राखेर उहाँ दुई वर्षदेखि कृषि व्यवसायमा जुट्नुभएको छ । कोहलपुरसँग सीमा जोडिएको खजुरा गाउँपालिका–४, एफगाउँमा कृषि फार्म सञ्चालन गर्नुभएका वंशीमगरले एक बिघा जग्गामा ड्र्यागन फ्रुट, माछा, बङ्गुर तथा कुखुरापालन र कागती खेती गर्दै आउनुभएको छ ।
खेतीका लागि बर्खामा आकासे पानीको जोहो
धनकुटाको चौबिसे गाउँपालिका–३, बन्दुके डाँडाका लोकेन्द्रकुमार याक्खालाई बर्खाको पानी जम्मा गर्न भ्याइनभ्याइ छ । यो बर्खा सकिँदासम्म उहाँले ३४ लाख लिटर पानी जम्मा गर्नुपर्ने बाध्यता छ । हिउँदमा पानीको जोहो नहुने भएकाले कृषिकर्मका लागि उहाँले बर्खामा आकाशबाट परेको पानीलाई जमिनमा निर्माण गरिएका प्लास्टिक पोखरीमा जम्मा गर्नु पर्छ । त्यसैले उहाँ अहिले पानी परेको बखत बारीमा परेको पानी भल काटेर पोखरीमा जम्मा गर्न व्यस्त हुनुहुन्छ । “बर्खामा पानी जम्मा गर्न सकिएन भने हिउँदमा पानीको जोहो गर्न सकिन्न, लगाएका बोटबिरुवा सबै मर्छन्,” उहाँ भन्नुहुन्छ ।
‘माथिल्लो त्रिशूली–१’ जलविद्युत्को शिलान्यास
कोरियाली लगानीकर्ताको लगानीमा बन्ने ‘माथिल्लो त्रिशूली–१’ जलविद्युत् आयोजनाको औपचारिक शिलान्यास गरिएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माणसहित २२ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनाको बाँधलगायत मुख्य संरचना हेडवक्र्सको कामको मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राजधानी काठमाडौँमा आयोजित विशेष कार्यक्रममा औपचारिक शिलान्यास गर्नुभएको हो ।
‘श्रमिकलाई अप्ठ्यारो पर्ने अवस्था नआओस्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र नेपालको पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबारदेखि सुरु भएको ‘श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधान’ विषयक दुई दिने छलफललाई मङ्गलबार सम्बोधनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।विदेशमा रहेका नेपाली श्रमिकले विभिन्न प्रकारका समस्यामा परेका कुरा आफूसमक्ष दिनहुँ ठुलो सङ्ख्यामा आउने गरेको भन्दै उहाँले भन्नुभयो, “हाम्रा श्रमिकलाई गन्तव्य देशमा अप्ठ्यारोमा पर्ने अवस्था नआओस् । श्रमिकलाई सुरक्षित हुने वातावरण बनाउनुहोस् । यसका लागि सरकारले पूर्ण साथ दिने छ ।”
स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा
अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैङ्क तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार जारी गरेको सूचना अनुसार बैङ्क तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो ।
विद्युतीय मोटरसाइकलको माग बढ्यो
सरकारले विद्युतीय मोटरसाइकलको दर्ता खुला गरेपछि झन्डै शतप्रतिशतले माग बढेको छ । गएको जेठसम्म काठमाडौँमा १४० वटा विद्युतीय मोटरसाइकल बिक्री भएका थिए भने भदौ २० गतेसम्म ३५० वटा बिक्री भएका छन् । सुन्दर अटो इन्जिनियरिङले मात्रै १५० वटा ‘गन्तव्य इभी १०० एस’ मोटरसाइकल बिक्री गरेको छ । गन्तव्यलाई ८४२ जनाले अर्डर गरेको इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाले जानकारी दिनुभयो ।
‘विद्युतीय सवारीमा कर नबढाउने नीति’
अबको समय विद्युतीय सवारीको भएकाले तत्काल यसमा कर बढाउने नीति नरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । राजधानीको भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो सो २०२३’ उद्घाटन गर्दै उहाँले सरकारको नीति विद्युतीय सवारीको प्रवर्धन नै भएकाले आगामी दिनमा अत्यन्त कम मात्र कर बढाइने बताउनुभएको हो ।
उत्कृष्ट ग्राहक सेवाका लागि नेपाल बैङ्कमा अत्याधुनिक कल सेन्टर
नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।
सोह्रौँ योजना औद्योगिक विकासमा केन्द्रित गर्न सुझाव
नेपाल उद्योग परिसङ्घले १६ औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन राष्ट्रिय योजना आयोगलाई सुझाव दिएको छ । परिसङ्घले आफ्नो अध्ययन प्रतिवेदनमार्फत एकीकृत औद्योगिक विकास रणनीति निर्माण, उद्योगहरूका लागि जग्गाको सिलिङको अन्त्य, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकतालगायतका सुझाव दिएको हो ।
डेडिकेटेड फिडर र ट्रङ्कलाइन समस्या सुल्झाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न सरकारी तवरमै पहल भइरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री प्रचण्डसँग गर्नुभएको भेटमा उहाँले यसबारे अध्ययन भइरहेको जानकारी गराउनुभएको छ ।
खेतमै सुक्यो धान, चिन्तामा किसान
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उर्दीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् ।
तरकारी खेतीबाट २५ लाख बढी आम्दानी
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
डोको डाला बुनेर गुजारा चलाउने बाजुराका कृष्णबहादुर
पश्चिम नेपालका अधिकांश युवाहरू भारतमा रोजगारीका लागि जाने गर्छन् तर बाजुरा बूढी गङ्गा नगरपालिका वडा नं –४ साउँ बाडाका कृष्णबहादुर खाती भने गाउँमै एउटा उदाहरणीय पात्र बनेका छन् ।
सडकमै चालकको आँखा जाँच
बसचालक वसन्त पन्थीलाई सवारीसाधन चलाउँदा आफ्नो स्वास्थ्य जाँच गर्नेबारेमा समेत फुर्सद मिल्दैन। सधैँ जसो काममा खटिने पन्थीले सडकमै आफ्नो आँखा जचाउन पाउनुभयो। जसले गर्दा अस्पताल पुगेर जचाउनुपर्ने बाध्यता अहिलेलाई टरेको छ। पन्थीले मात्रै होइन, पूर्वपश्चिम राजमार्ग भएर लामो तथा छोटो दुरीमा सवारीसाधन चलाउने चालक र सहचालकको निःशुल्क आँखा जाँच गरिएको छ। नजिकिँदै गरेका चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले आँखा जाँच गर्ने अभियान चलाएको छ। सोही अभियानअन्तर्गत आँखा जाँच गराउनुभएका चालक पन्थीले भन्नुभयो, “फुर्सद हुँदैन। जचाउन अस्पताल जाम भने भिडभाड हुन्छ। काममा खटिएकै बेला सडकमा आँखा जाँच गर्न पाउँदा खुसी लागेको छ।”
माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर
ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ ।
‘लघु, घरेलु तथा साना उद्योगले खुसी ल्याउँछ’
परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु, घरेलु तथा साना उद्योगले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै यस्ता उद्योगको प्रवर्धनमा जोड दिनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इन्डिया मिसन र इन्डियन युथ च्याम्बर अफ कमर्स एज्ड इन्डस्ट्रिजले आइतबार राजधानीमा संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल–भारत अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “परिवारमा सुख, समृद्धि र खुसी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ । तपाईंहरूको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डो¥याउने छ । स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन् ।”
बालश्रममुक्त स्थानीय तह घोषणा गर्न अनुदान
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा बालश्रममुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहलाई अनुदान वितरण गर्दै छ । चालु आवमा बजेट छुट्याए अनुरूप बालश्रममुक्त घोषणा गर्ने कार्यक्रम सञ्चालन गर्न प्रत्येक पालिकालाई तीन लाखका दरले अनुदान दिने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आवमा बालश्रममुक्त पालिका घोषणा गर्ने गरी १०४ पालिकाका लागि दुई करोड ९९ लाख ७० हजार रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ ।