मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक बढे
हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या ११० पुगेको छ । गत वैशाख १८ पछि चीन सरकारले हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा ल्याएपछि सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको सङ्ख्या यति पुगेको हो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कोरोनापछि नेपालगन्जदेखि हवाई मार्गबाट आएका ११० जना पर्यटकले हिल्साबाट चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गरेको बताउनुभयो ।
समृद्धिका लागि उद्योग व्यवसायको विस्तार जरुरी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने र मुलुक समृद्धिको बाटोमा लम्कीन नसक्ने बताउनुभएको छ । उहाँले परिस्थितिवश मुलुकले राजनीतिक रूपमा धेरै उतारचढाव हेरिसकेकाले अबका दिन आर्थिक विकास र निर्माणका रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री रिजालले आइतबार वीरगन्जमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा वाणिज्य नीति मस्यौदाका सम्बन्धमा मधेश प्रदेशस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “सरकारले उद्योग व्यापार गर्ने होइन, सहजीकरणसम्म गरिदिने हो, उद्योग व्यापार निजी क्षेत्रले नै गर्ने हो, सहजीकरण गर्न सरकार तयार छ ।” उहाँले सरकारका तर्फबाट हुने सक्ने सबै प्रकारको सहयोग र सहकार्य गर्न सरकार तयार रहेकाले दुबिधामा नपर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यापारीमाथि शङ्का उपशङ्का एवं नकारात्मक दृष्टिकोणले हेर्न नहुने बताउँदै व्यवसायीले व्यापार गरेर सहज रूपमा पैसा कमाउने र मेहनत गरेर राष्ट्रलाई सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
दक्षिण कोरियासँग इपिएसबाहेकको सम्झौता नभएको स्पष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी श्रमिक लैजाने विषयमा सम्झौता भएको भनेर सामाजिक सञ्जालमार्फत भ्रमित विज्ञापन सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले दक्षिण कोरियासँग रोजगार अनुमति प्रणाली (इपिएस) मा नेपाली श्रमिक पठाउने सम्झौताबाहेक अन्य कुनै सम्झौता नभएकाले त्यस्ता गलत सूचनाको विश्वास नगर्न विज्ञप्तिमार्फत सचेत गराएको छ ।
आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन सुझाव
आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६ औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्ले सुझाव दिएको छ।
कर्मचारी बिदामा, आयात निर्यात ठप्प
कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय र टुर मुकाम मोहनामा कर्मचारी नहुँदा आयात निर्यात ठप्प भएको छ। सो कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना बिदामा हुनुहुन्छ। यस भन्सार कार्यालयबाट आयात निर्यात हुने फलफूल, तरकारी, खाद्यान्नको आयात र जडीबुटीको निर्यात एक महिनादेखि ठप्प भएको हो। ठगुन्नाले अध्ययनका लागि भन्दै साउन २८ बाट एक महिनाको बिदा लिनुभएको छ। उहाँ अध्ययनको सिलसिलामा पानामा पुग्नुभएको जनाइएको छ। क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गरेपछि मात्रै भित्रिन दिने गरिएको छ।
अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित
गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।
मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा डेढ अर्बभन्दा बढी रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब ४२ करोड ४० लाख रुपियाँ, विकास बैङ्कहरूमा २६ करोड ७० लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा आठ करोड ९० लाख रुपियाँ गरी कुल एक अर्ब ७८ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले उक्त निक्षेप २०८० असोज २ देखि २०८१ असोज ३ सम्म ३६७ दिन अवधिका लागि राख्न लागेको हो ।
अरुण तेस्रो विद्युत्गृहको काम ठप्प
देशकै महत्त्वपूर्ण आयोजनाका रूपमा लिइएको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम रोकिएको एक हप्ता नाघेको छ । विद्युत्गृह प्रवेश मार्गका नागरिकले जग्गाको मुआब्जा नपाएको भन्दै भदौ १६ देखि प्रवेश मार्गमा सवारी आवागमन र निर्माण कार्य बन्द गरेका हुन् ।
पर्यटन : आर्थिक विकासको मेरुदण्ड
पर्यटनको इतिहास धेरै पुरानो रहेको देखिन्छ। सम्राट् अशोक लुम्बिनी आएको र बौद्ध क्षेत्रको दर्शन गरी स्तम्भ राखेको प्रामाणिक इतिहास छ। हिरोडट्सले इजिप्ट, प्यालेस्टाइन, दक्षिणी रसिया, उत्तरी अफ्रिकाको यात्रा गरेका थिए भनिन्छ। प्राचीन रोमनहरू बिदामा विदेश घुम्ने गर्दथे। बेलायती पर्यटन व्यवसायी थोमस कुकले सामूहिक पर्यटनको सुरुवात गरेका थिए। हुएन साङले उत्तरी नेपालको भ्रमण गरेका थिए। नेपालको एकीकरणपछि पनि राजनीतिक सम्बन्धका लागि विदेशीहरूले नेपालको भ्रमण गर्ने गरेको पाइन्छ। कर्कप्याट्रिक, ह्यामिल्टन, हड्सन जस्ता व्यक्तिहरूले नेपाल भ्रमण गरी सामाजिक, सांस्कृतिक पक्षह
कोरलामा लाग्ने अन्तरदेशीय व्यापार मेला चार वर्षदेखि रोकिँदा स्थानीय मर्कामा
मुस्ताङको कोरला नाकामा परम्परागत रूपमा लाग्ने अन्तरदेशीय व्यापार मेला रोकिँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित भएको छ । कोभिड–१९ को महामारीका कारण रोकिएको व्यापार मेला अझै अझै सञ्चालन भएको छैन ।
मनाङमा पर्यटकलाई आकर्षित गर्ने तयारी
हिमालपारिको जिल्ला मनाङमा वर्षा ऋतुको अन्त्यसँगै पर्यटक भित्रिन थालेका छन् । पर्यटनको सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई मनाङमा देख्न सकिन्छ । यो वर्षको सिजन सुरु भएसँगै मनाङमा हालसम्म १४९ बाह्य पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) को तथ्याङ्कले देखाएको छ । सन् २०२३ को जनवरीदेखि हालसम्म १० हजार चार सय बाह्य पर्यटक भित्रिएको एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
कृषिमा चौहत्तर हजार स्थायी कामदार
कृषिमा ७४ हजार पाँच सय स्थायी कामदार रहेका छन् । ती कामदारलाई ३९ हजार कृषक परिवारले स्थायी रूपमा राखेको कृषिगणना २०७८ ले जनाएको छ । कृषिगणना २०६८ मा पनि ३९ हजार कृषक परिवारले स्थायी कामदार राखेका थिए । त्यति बेला स्थायी कामदार ७२ हजार तीन सय थिए । त्यसमध्ये २८ प्रतिशत महिला थिए ।
चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात
नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जनाएको छ ।
‘टोखा–छहरे सुरुङ मार्ग’ निर्माणमा चिनियाँ सहयोग जुटाउने छौँ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताउनुभएको छ ।
कोशीमा पुनः बजेट सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय
कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।
पोखरा विमानस्थलबाट पहिलो व्यावसायिक उडान
सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिवार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो ।
समृद्धिको इन्जिन
सुस्ताएको अर्थतन्त्रलाई सही रूपमा उकास्ने बलियो मन्त्र भनेको आर्थिक गतिविधि बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु नै हो । यसका लागि नयाँ नयाँ व्यवसाय सञ्चालन, उद्योगधन्दाको स्थापना गरी उत्पादनमा वृद्धि गर्नु पर्छ तर नेपालमा सु
दस अर्बको विकास ऋणपत्र
नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको हो ।
निर्यातमा नगद अनुदानको उपलब्धि न्यून
सरकारले निर्यात प्रवर्धन गर्न प्रत्येक वर्ष निर्यातकर्तालाई नगद अनुुदान वितरण गर्दै आए पनि निर्यात भने उत्साहपूर्वक बढ्न नसकेको तथ्याङ्कले देखाएको छ । सरकारले ११ वर्षको अवधिमा सामान निर्यात गर्ने व्यवसायीलाई नगद अनुदानबापत छ अर्ब ३४ करोड रुपियाँ वितरण गरेको हो । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाई निर्यात प्रवर्धन गरी वैदेशिक व्यापार असन्तुलनलाई कम गर्ने
नेपाल लगानीको आकर्षक गन्तव्य हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताउनुभएको छ ।
नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ ।
हावाहुरीले मकैबालीमा दश करोडभन्दा बढीको क्षति
गत आइतबार आएको हावाहुरीसहितको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको मकैबालीमा दश करोडभन्दा बढी क्षति भएको छ । कृषि विकास कार्यालयले तीन दिन लगाएर सङ्कलन गरेको क्षतिको विवरण अनुसार जिल्लाभर १० करोड २९ लाख ३९ हजार ३७५ रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।
लप्सीफेदी सबस्टेसन निर्माणबारे छलफल
स्थानीय अवरोध र राजनीतिक दाउपेचका कारण निर्माण अवरुद्ध हुँदै आएको लप्सीफेदी सबस्टेसनको सकस हटाउन सरकारले तदारुकता देखाएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा भइरहेको स्थानीयको अवरोध हटाउने गरी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसहित उच्चस्तरीय सरकारी टोलीले बिहीबार सरोकारवालासँग छलफल गरेको छ ।
नेपाल–भारत क्युआर भुक्तानीको बाटो खुल्यो
नेपाल र भारतका जनताले एक अर्काको देशमा क्युआर प्रयोग गरी भुक्तानी गर्ने बाटो खुला भएको छ । यसका लागि नेपालको भुक्तानी सेवाप्रदायक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएलएम) ले ‘व्रmस बोर्डर’ क्युआर भुक्तानी सेवा गर्ने विषयमा साझेदारी गरेका छन् ।