दैनिक तीन लाख लिटर दुध बढी
केही महिनाअघिसम्म दुध अभाव झेलिरहेका डेरी उद्योगीलाई अहिले बढी भएको दुध कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भइरहेको छ । गाईबस्तुमा लागेको ‘लम्पी स्किन’का कारण दुध उत्पादन घटेको छ । तैपनि डेरीवालासँग बढी भएको दुध कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ । नेपालमा दैनिक ६५ लाख लिटर दुध उत्पादन हुन्छ । अहिले पशुमा लागेको रोगका कारण ५० लाख लिटरमा झरेको छ । यसले यति बेला दुधको हाहाकार हुनुपर्ने थियो तर अहिले तीन लाख लिटरभन्दा बढी दुध बढी भइरहेको छ, जसलाई व्यवस्थापन गर्न डेरीवालालाई धौधौ परिरहेको छ ।
कर्णालीका जलविद्युत् आयोजना : धेरै अध्ययनकै चरणमा
भेरी–१ मा लगानी गर्न गेजुवा तयार रहेको छ । कर्णाली प्रदेशमा २७० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । जाजरकोट र रुकुमको सिमानामा प्रस्तावित अर्धजलाशययुक्त भेरी–१ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ निर्माण कम्पनी गेजुवा ग्रुपले उत्पादन अनुमति मागेको हो । उक्त कम्पनीले यसअघि आयोजनाको अध्ययन गरिसकेको छ । २०७५ साल जेठ १५ गते विद्युत् विकास विभागबाट गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट प्रालिले सर्भे अनुमति पाएको थियो । पाँच वर्ष लगाएर जलविद्युत् आयोजना निर्माणका लागि अध्ययनको काम सम्पन्न भइसकेको छ । अध्ययनले २७० मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको छ ।
स्थानीय बजार प्रवर्द्धन गर्न सीमा क्षेत्रमा कडाइ
स्थानीय बजार प्रवर्द्धन गर्न भन्सार कार्यालयले विराटनगरको रानीस्थित सीमा क्षेत्रमा कडाइ गरेको छ ।
विद्युतीय भुक्तानी सम्झौता कार्यान्वयन संयन्त्र बनाइने
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भातरबीच भएको सम्झौता अनुसार संयुक्त विद्युतीय भुक्तानी कार्यान्वयन छिटो अगाडि बढाउन संयन्त्र स्थापनाको काम अगाडि बढ्ने बताउनुभएको छ।
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।
चैते धानखेती प्रवर्द्धन गरिँदै
गण्डकी, साउन २ गते । गतवर्ष गण्डकी प्रदेशका किसानले पाँच हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपेका छन् । जुन आर्थिक वर्ष २०७८/७९ को तुलनामा एक हजार सात सय ३५ हेक्टरले कम हो । रोपाइँको क्षेत्रफलसँगै गत आवमा धान उत्पादन पनि घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा सीमित बन्यो । आर्थिक वर्ष २०७८/७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेको थियो । उक्त वर्ष किसानले सात हजार छ सय पाँच हेक्टरमा चैते धान रोपेका प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । चैते धानको उत्पादन घटेको पाइए पनि गतवर्ष आठ दशमलव ४६ प्रतिशतले उत्पादकत्व वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव ६७ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन राम्रो दिने भए पनि बर्सेनि रोपाइँको क्षेत्रफल खुम्चिँदै जान थालेपछि प्रदेश सरकार र स्थानीय तहले चैते धान खेतीको प्रवर्धन गर्न थालेका छन् । चैते धानमा किसानलाई आकर्षित गर्न ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।“यस वर्ष नवलपुर, तनहुँ र गोरखामा विशेष बाली प्रवर्धन कार्यक्रमअन्तर्गत चैते धानलाई समेटेका छौँ, अरू जिल्लाका किसानलाई पनि यसतर्फ प्रोत्साहित गर्छौं”, उहाँले भन्नुभयो, “किसानलाई सिँचाइ, बीउबिजन, उपकरण, प्रविधिलगायत आवश्यक सामग्रीमा प्रदेश सरकारले सहयोग गर्छ ।”प्रमुख रेग्मीले बर्सातका बेला भित्र्याउनुपर्ने हुँदा धान सुकाउन किसानलाई (सोलार ड्रायर) को खाँचो रहेको बताउनुभयो । ठूलो मात्रामा उत्पादन गर्ने किसानको धानलाई बजारको सुनिश्चितताका लागि प्रदेश सरकारले सहजीकरण गर्ने उहाँको भनाइ थियो । “मिल सञ्चालक र व्यापारीसँग जोडेर सहज रुपमा धान बिक्री गर्न सकियो भने किसान चैते धानमा आकर्षित हुन्छन्”, प्रमुख रेग्मीले भन्नुभयो ।उब्जाउ जमिन नासिँदै जाँदा चैते मात्र नभएर समग्र धान खेतीको क्षेत्रफल बर्सेनि घटिरहेको निर्देशनालयको तथ्याङ्कले देखाउँछ । वर्षे धानको तुलनामा चेतै धानको क्षेत्र अझ खुम्चिँम्दो छ । पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले चैते धानखेती लगाउने किसानलाई महानगरले प्रोत्साहन रकम दिने गरेको बताउनुभयो । उहाँका अनुसार महानगरले वडा नं १४, १५, २६ र २७ मा ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरेको छ । यस वर्ष वडा नं २६ मा चैते धानखेती गर्ने दुई सय ९५ र वडा नं २७ का एक सय दुईजना किसानलाई प्रतिरोपनी रू. नौ सयका दरले प्रोत्साहन रकम प्रदान गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । वडा नं १४ र १५ मा दुई सय ५० रोपनीमा चैते धान लगाएका किसानले पनि प्रोत्साहन रकम बुझेको उहाँको भनाइ थियो ।“चैते धान खेती विस्तारका लागि प्रवर्धनको कार्यक्रम सञ्चालन गरिएको हो, गत वर्षदेखि किसानले उन्नत जातका बीउ लगाउन सुरु गरेका छन्, उत्पादन बढेपछि किसान पनि खुसी छन्”, उहाँले भन्नुभयो, “नयाँ सिफारिस भएको जात चैते–५ धेरै राम्रो छ, उत्पादन बढी दिन्छ, फल भुइँमा झर्दैन, दाना पनि पहिलेको भन्दा सानो छ ।”वर्षेको तुलनामा चेतै धान पाक्न १५/२० दिन जति ढिलो हुने हुँदा लगाउने समयलाई अगाडि सार्नुपर्ने देखिएको प्रमुख कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरमा करिब दुई हजार रोपनी क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । “बाह्रैमास सिँचाइ सुविधा भएका र खोला आसपास क्षेत्रका खेतमा चैते धान लगाउन सकिन्छ, एउटै खेतमा दुई पटकसम्म धान रोप्दा चामलको आयात पनि घट्छ, किसानले धान बेचेर आयआर्जन गर्न सक्छन्”, उहाँले भन्नुभयो । चैते धानसहित अन्य रैथाने बालीको संरक्षणमा महानगरले सहयोग गर्दै आएको प्रमुख कडरियाको भनाइ थियो । उहाँले जथाभावी रुपमा उब्जाउ फाँट घरघडेरीमा परिणत हुँदा धानखेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको बताउनुभयो । कृषियोग्य जग्गामाथिको अतिक्रमण रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा–२६ को वडास्तरीय कृषि सञ्जालका अध्यक्ष केशव ढुङ्गानाले चैते धान खेतीका लागि उन्नत बीउबिजन, सिँचाइ आदिमा किसानलाई सहयोग आवश्यक देखिएको बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको धानको बिक्रीका लागि प्रदेश सरकार र महानगरले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ उन्नत जातको चैते धानले बढी उत्पादन दिएपछि चैते धानखेतीमा किसान हौसिएको उहाँको भनाइ छ । तीन मुरी वर्षे धान फल्ने खेतमा चैते धान पाँच मुरीसम्म फल्ने गरेको किसान बताउँछन् । गण्डकी प्रदेशमा नवलपुरको मध्यबिन्दु, त्रिवेणी, तनहुँको व्यास, भिमाद, गोरखाको दरौँदी किनारलगायत क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । अन्य जिल्लामा पनि केही मात्रामा खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा दस हेक्टर क्षेत्रफलमा मात्रै चैते धानखेती हुने गरेको बताउनुभयो । पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उहाँको भनाइ थियो ।“चैते धान भित्र्याउने बेला वर्षातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ । पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।”सिँचाइको असुविधा, गुणस्तीय बीउ तथा मलको अभाव, धानको उचित मूल्य नपाउनु, हावापानीमा परिवर्तन जस्ता समस्या किसानले व्यहोर्दै आएका उहाँले बताउनुभयो । चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ५, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ । तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्र्याउँछन् । रासस
नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा (फोटो फिचर)
थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।
कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा
भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो ।
सेवाग्राहीसँग व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने
पार्किङ गरेबापत जथाभाबी शुल्क लिने गरेपछि काठमाडौँ महानगरपालिकाले शुल्क नलिन निर्देशन गरेको छ । काठमाडौँ महानगरपालिका भित्रका व्यावसायिक भवनहरू (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स) अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने जनाएको छ ।
तनहुँमा दुई अर्ब ११ करोड ११ लाख रुपियाँ फ्रिज
तनहुँमा विभिन्न कार्यालय र स्थानीय तहमा विकास निर्माणका लागि विभिन्न शीर्षकमा आएको दुई अर्ब ११ करोड ११ लाख भन्दा बढी बजेट खर्च हुन नसकेर फिर्ता (फ्रिज) भएको छ । आर्थिक वर्ष २०७९-८० का लागि जिल्लामा आएको पुँजीगत बजेटमा काम हुन नसकेपछि उक्त रकम फिर्ता (फ्रिज) भएको हो ।
हिउँ पन्छाएर सिमकोट लिमी लाप्चा सडक सुचारु
नाम्खा गाउँपालिका– ६ को लिमी जोड्ने सिमकोट लिमी लाप्चा सडक सात महिनापछि सुचारु भएको छ । लिमी जाने पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको चारदेखि पाँच फिट हिउँ पन्छाउने र सडकमा गएको पहिलो फालेपछि लामो समयपछि सडक सुचारु भएको हो ।
प्रस्तावित वन ऐन : संशोधन प्रस्ताव झन्झटिलो
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत चैत २३ मा सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले जलविद्युत् आयोजना तथा प्रसारण लाइनजस्ता सरकारले निर्माण गर्ने आयोजनाले वन क्षेत्र प्रयोग गर्दा जग्गा सट्टा भर्ना गर्ने कानुनी प्रावधान संशोधन गर्ने गरी वन तथा वातावरण मन्त्रालयलाई दुई महिनाको समय दिएर निर्देशन गरेको थियो ।
पूरा भएनन् बजेटका लक्ष्य
स्रोतको चरम दबाबमा रहेको सरकारले गत आर्थिक वर्ष २०७९/८० मा खर्च र आम्दानीको कुनै पनि लक्ष्य पूरा गर्न सकेन । खर्चमा भएको वृद्धि अनुसार आम्दानी विस्तार हुन नसकेपछि सङ्घीय सञ्चित कोष सवा खर्बभन्दा बढीले घाटामा पुगेको छ । २०७९ वैशाखदेखि विभिन्न १० वस्तुमा गरिएको आयात प्रतिबन्धले भन्सार राजस्व खुम्चिएको छ भने बढ्दो ब्याजदरका कारण लगानी प्रभावित हुँदा अर्थतन्त्र विस्तार हुन सकेन । जसले आन्तरिक राजस्वको लक्ष्य पनि पूरा हुन सकेन । समग्रमा गत आवमा सरकारले बजेटमार्फत लिएका स्रोत व्यवस्थापन र खर्चको कुनै पनि लक्ष्य पूरा गर्न नसकेको पाइएको छ । अघिल्ला आवमा पनि यस्ता लक्ष्य पूरा हुन नसके पनि गत आवमा भने सञ्चित कोष घाटा उच्च हुन पुगेको छ ।
पोखरामा इन्धन भण्डारण गृह निर्माण
नेपाल आयल निगमले दुई दशकपछि पोखरामा इन्धन भण्डारण गृह निर्माण गरेको छ । इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन पोखरामा एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरिएको हो । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले दुई दशकपछि पोखरामा डिजेल भण्डारण गृह निर्माण भएको हो । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन ।
सरकारी निकायबिच समन्वयको अभावले श्रमिकलाई समस्या
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले कुवेत र जोर्डन जान लागेका १५६ श्रमिकलाई फिर्ता गरेको विषयमा सरकारका दुई जिम्मेवार निकायबिच एकअर्कालाई आरोप लगाउने जुुहारी चलेको छ । श्रमिक रोकिएको विषयमा अध्यागमन विभागले आफ्नो बचाउ गर्दै थप प्रावधानसहित विज्ञप्ति सार्वजनिक गरेको छ भने वैदेशिक रोजगार विभागले आफ्नो क्षेत्र अधिकारमाथि हस्तक्षेप भएको आसयसहितको विज्ञप्ति सार्वजनिक गरेको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कको एकैसाथ एघार शाखा
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशका विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । बैङ्कले सिराहा, बैतडी, दार्चुला, मोरङ, मकवानपुर, ललितपुर, सुर्खेत, कालीकोट, दैलेख र स्याङ्जाका विभिन्न ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को र मङ्गलबजार, सुर्खेतको छिन्चु, कालीकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैङ्कले जनाएको छ । नयाँ शाखा सञ्चालनसँगै रावा बैङ्कको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् ।
तीन वर्षसम्म खोजिएन लम्पीको रोकथाम,पशुधनमा चालिस अर्बको क्षति
नेपालका पशुमा ‘लम्पी स्किन’ रोग देखापरेको तीन वर्ष भयो तर यसबिचमा रोकथामको प्रभावकारी पहल हुन नसक्दा महामारीको रूप लिएको छ। नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका पशुमा लम्पी स्किन रोग देखिएको थियो। अहिले लम्पीले प्रभाव नपारेको कुनै जिल्ला छैन।
रोजगारीका लागि पौने आठ लाख विदेशिए
आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए ।
जैविक विविधता संरक्षण गर्न अर्थमन्त्री डा. महतद्वारा हरित ऊर्जामा जोड
अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय तथा जैविक विविधताको संरक्षण गर्न हरित ऊर्जाको स्रोतका रूपमा जलविद्युत् विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
बाँकेमा अढाई अर्ब विकास बजेट भएन खर्च
सङ्घ र प्रदेशका कार्यालयतर्फ बाँकेमा विनियोजन भएको विकास बजेटमध्ये आर्थिक वर्ष २०७९–८० मा करिब अढाई अर्ब रुपियाँ खर्च हुन सकेन ।
गत आवमा करिब ८० प्रतिशत बजेट खर्च
गत आवका लागि सरकारले कुल रु. १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख बराबरको बजेट ल्याएको थियो । आव सकिँदासम्ममा उक्त विनियोजित बजेटमध्ये ७९ दशमलव ६९ प्रतिशतअर्थात् रु १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
मकै जोनमा मकैको उत्पादन बढ्यो
झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम सुरु भएपछि मकैको उत्पादनमा वृद्धि भएको छ । गत वर्ष मकैको उत्पादनमा वृद्धि भएको पाइएको हो ।
व्यावसायिक पशुपालनमा आकर्षण
बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतीक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ ।
खाद्य कार्यालय पुनः स्थापना गरिने
गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा कार्यालय पुनः स्थापना गरिने भएको छ ।