• २६ पुस २०८१, शुक्रबार

विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्नु आवश्यक छ : मन्त्री महत

blog

अर्थमन्त्री डा.प्रकाशशरण महत । फाइल तस्बिर

काठमाडौं, भदौ १४ गते। अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ।

बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो।अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाको मानसिकता परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो।

उहाँले नेपालमा नै धेरै अवसर भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताउनुभयो।उहाँले नेपालबाट जाने विद्यार्थी राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसरसमेत पाउन नसकेको बताउनुभयो।

उहाँले नेपालमा इन्जिनियरिङ पढ्ने अन्तर्राष्ट्रिय राम्रो क्याम्पसमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भए पनि  कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताउनुभयो।

अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठुलो अवसर रहेको बताउनुभयो।उहाँले पछिल्लो समय ठुलो सङ्ख्यामा युवा आइटीमा लागे पनि करको दायरामा भने नआएको बताउनुभयो।उहाँले नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गर्नुभयो।

उहाँले नेपालमा आइटी क्षेत्रमा ठुलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गर्नुभयो।उहाँले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताउनुभयो। 

उहाँले भन्नुभयो,‘‘अहिले जति पनि विद्यार्थी बाहिर देशमा पढ्न गएका  त्यो राम्रो कलेजमा गएका छैनन्।उनीहरू एउटा भिसा सर्कलमा गएका छन्।न कलेज पूरा गर्नसक्छन ठुलो अवसर पाएको छ।त्यस्तो स्थितिमा हामीले कक्षा १२ बाट नै ५० देखि १०० प्रतिशत छात्रवृत्ति नभई जाने विषयमा राष्ट्रिय रूपमा छलफल गर्न आवश्यक छ ।’’ 

उहाँले मानसिकता नै बाहिर जानुपर्छ भन्ने रहेको बताउनुभयो।मन्त्री महतले भन्नुभयो, ‘‘अहिले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानै पर्छ भन्ने भएको छ।अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो।यो मानसिकता परिवर्तन गर्नु आवश्यक छ।हाम्रो शिक्षा क्षेत्रमा समस्या छैन भन्ने होइन।केही समस्याहरू छन्।अहिले नेपालमा ठुलो सङ्ख्यामा युवाहरू आइटीमा लाग्नुभएको छ तर करको दायरामा आउनुभएको छैन।’’ 

उहाँले आइटी र पर्यटनको ठुलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभयो।उहाँले पर्यटन प्रवर्द्धनको लागि ठुलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको बताउनुभयो।उहाँले पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको बताउनुभयो।