• ११ मंसिर २०८१, मङ्गलबार

नेपाल–भारत क्युआर भुक्तानीको बाटो खुल्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २२ गते । नेपाल र भारतका जनताले एक अर्काको देशमा क्युआर प्रयोग गरी भुक्तानी गर्ने बाटो खुला भएको छ । यसका लागि नेपालको भुक्तानी सेवाप्रदायक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएलएम) ले ‘व्रmस बोर्डर’ क्युआर भुक्तानी सेवा गर्ने विषयमा साझेदारी गरेका छन् । 

दुई संस्थाबिचको साझेदारीसँगै दुवै देशका नागरिकले दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरेर क्युआरमार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्ने छन् । सेवा सञ्चालनका लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेका छन् । जसमध्ये प्राविधिक एकीकरणको काम अन्तिम चरणमा रहेको छ ।

प्राविधिक एकीकरणपछि यी दुई कम्पनीको नेटवर्कमा आबद्ध सदस्यले एक अर्काको देशका क्युआर भुक्तानीको सुविधा उपयोग गर्न सक्ने छन् । यस किसिमको साझेदारीले दुवै देशका डिजिटल भुक्तानीमा वृद्धि हुने र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँच हुने जनाइएको छ । 

साझेदारीपछि फोन पेका तथा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले दुवै देशको नागरिकको हितका लागि प्रविधिको प्रयोग गराउन पाउनु महìवपूर्ण कदम भएको बताउनुभयो । “यो साझेदारीकोे पहलले दुई देशबिचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महìवपूर्ण योगदान  पु¥याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिने छ,” उहाँले भन्नुभयो । 

एनआइपिएलएमले यो साझेदारीलाई नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई जनाउने उल्लेख गरेको छ । यस्तो साझेदारीले सहज व्रmस बोर्डर भुक्तानी सहज बनाउने र कारोबार गर्ने तरिकालाई वृद्धि गर्ने कम्पनीले जनाएको छ । फोन पेसँगको साझेदारीलाई कम्पनीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरकका रूपमा व्याख्या गरेको छ । फोन पेले बैङ्क र वालेट ग्राहकसँगै व्यवसायलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवा प्रदान गर्दै आएको छ । भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी नेटवर्कमा आविष्कारहरू ल्याउन केन्द्रित रहेको कम्पनीको दाबी छ ।