• १२ असार २०८१, बुधबार

परम्परागत सीप सिकाउँदै विद्यालय

blog

दुना टपरी बुन्न सिक्दै पराशर माविका विद्यार्थी । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ ३० गते । व्यास नगरपालिका–५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयले लोपोन्मुख परम्परागत सीप सिकाई रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत सालको पातको दुना तथा टपरी बुन्ने सीप प्रदान गरिरहेको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।

आधुनिक प्लास्टिकका थाल, बटुको प्रयोगले सालको पातको टपरीको प्रयोग घट्दै गएकोले यो सीप र संस्कृतिबाट दीक्षित गर्न सीप प्रदान भइरहेको विद्यालयले जनाएको छ । लोपोन्मुख नेपालीका परम्परागत सीप र संस्कृतिसँगै दैनिक पठनपाठनको कामलाई विद्यालयले अघि बढाए अनुरूप विद्यार्थीलाई पुराना नेपाली सीप र संस्कृति बारे व्यवहारिक ज्ञानसहितको प्रयोगात्मक शिक्षा दिने उद्देश्य अनुरूप सालको पातको दुना तथा टपरी बुन्न सिकाएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले बताउनुभयो ।

पेसा व्यवसाय विषय अन्तर्गत व्यवहारिक ज्ञान दिन विद्यार्थीलाई सालको पातको दुना तथा टपरी बनाउन सिकाएको शिक्षिका उहाँले बताउनुभयो । किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धितमा स्थानीय स्तरको बासको सिन्काको सहायतामा बुन्न सिकाएका विद्यालयले जनाएको छ ।

दुना टपरी बनाउन छात्रा मात्रै नभई छात्रले पनि रुचि पूर्वक सिकिरहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रिता भण्डारीले  जानकारी दिनुभयो    पछिल्लो समय  प्लाष्ट्रिक तथा कागजका प्लेटहरूले बजार ढोकेको र वातावरण समेत प्रदूषण  पारेकाले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान  दिने उद्देश्यले सीप सिकाइएको शिक्षक मञ्जु खनालले बताउनुभयो । अहिलेका बालबालिकाहरूले परम्परागत व्यवहारिक सिपहरू भुल्दै गएको हुनाले यसको संरक्षण गर्न तथा वातावरणमैत्री दुना टपरी गाँस्ने सिप सिकाइएको उहाँ बताउनुहुन्छ ।  शिक्षकहरू अनिता काफ्ले, अमृता आले, रिता भण्डारी, समीक्षा थापा, डालीमाया रानाभाट राम प्यारी विक मञ्जु आले लगायतले प्रशिक्षण प्रदान गरेको भण्डारीले जानकारी दिनुभयो  ।

नेपाली गाउँघर र ग्रामीण जीवनयापनको जीवन्त पाटो मध्ये एक हो सालको पातको टपरी बनाउने  सीप । कृषि प्रधान अधिकांश नेपाली ग्रामीण जीवनयापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नवीनतम प्रविधि, औजार उपकरणले यसलाई बिर्सँदै गएको छ नेपाली समाजले । विवाह, व्रतबन्ध, विभिन्न पूजा तथा चाडपर्वमा सालको पातको दुना टपरी प्रयोग गर्ने गरिन्छ ।