बिष्णुप्रसाद पोखरेल
दमक, पुस ११ गते । नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री तथा २०६२/०६३ को संयुक्त जनआन्दोलनका कमाण्डर स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा झापाको गौरादह नगरपालिका–९, बैगुनधुरास्थित झमक चोकमा गिरिजाप्रसाद स्मृति प्रतिष्ठान सभाहल बन्ने भएको छ ।
कोइरालाको योगदान र सम्झनामा प्रतिष्ठानसहित सभाहल बनाउन लागिएको जनाइएको छ । कोशी प्रदेश नेपाली कांग्रेसका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले सभाहलको शिलान्यास गर्नु भएको छ ।
थापाका अनुसार कोइरालाको योगदानलाई सधैँ स्मरण गर्नुपर्ने बताउदै सबैको साथ र सहयोगमा प्रतिष्ठानले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासमा लाग्न यसले हौसला मिल्ने जनाउनुभयो ।
प्रतिष्ठानको सभाहल निर्माणपछि सामाजिक, राजनीतिक तथा शैक्षिक गतिविधिका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गरिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताउनुभएको छ ।