शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हुम्ला समाचारदाता
हुम्ला, वैशाख २२ गते । जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिका–२ को रिपगाउँका स्थानीय अझै पनि तुइनको जोखिमपूर्ण यात्रा गरिरहेका छन । झोलुङ्गे र बेलिब्रिज पुल नहुँदा स्थानीय तुइनमा कर्णाली नदीको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
सङ्घीय र प्रदेश सरकारले तुइन विस्थापित गर्ने लक्ष्य लिए पनि रिपवासीलाई अहिले पनि तुइनकै भरमा कर्णाली नदी वारपार गर्नु परेको स्थानीय दलजित कार्कीले बताउनुभयो । गाउँपालिका, प्रदेश सरकार र अन्य सरोकारवाला पक्षसँग झोलुङ्गे पुल निर्माणका लागि धेरै पटक माग गरे पनि हालसम्म निर्माण नहुँदा स्थानीयले एक वर्षदेखि तुइन प्रयोग गर्नु परेको उहाँले बताउनुभयो । स्थानीयले निर्माण गरेको काठेपुल गत वर्ष नदीले बगाएपछि स्थानीय आफैँ मिलेर तुइन निर्माण गरेर तर्दै आएको उहाँले बताउनुभयो ।