जातीय संग्रहालयले तान्न सकेनन् पर्यटक
पर्यटक आकर्षित गर्न धनकुटाकामा बिभिन्न जातजातीको कलासंस्कृति संग्रहगरी एक संग्रहालय निर्माण गरिएको छ । बिसं. २०३९ सालमा निर्माण गरी २०५१ बाट सर्बसाधारणका लागि अवलोकन खुला गरिए पनि यसले पर्यटक तान्न भने सकेको छैन ।
धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल
पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवालाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गर्नुभएको छ।
इन्द्रजात्राको तयारी (फोटो फिचर)
इन्द्रजात्राको दिन नजिकिँदै गर्दा दरबार क्षेत्रमा रहेका मन्दिर दरबार रंगरोगनकाे काम धमाधम भइरहेको छ ।
अटवारी पर्वमा कपिलवस्तुमा सार्वजनिक बिदा
कपिलवस्तुका पालिकाहरुले बड्का अटवारी पर्वको अवसरमा आइतबार बिदा दिने भएकाे छ ।
आठ करोडको खसीबोका, च्याङ्ग्रा खरिद गरिँदै
सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ ।
सांस्कृतिक अभ्यासको महत्त्व बुझ्न जरुरी : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किरातीले संस्कृति, कला र परम्परा जीवन बाँच्ने विशेष माध्यम भएको बताउनुभएको छ । उहाँले संविधान दिवस २०८० को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा यस्तो बताउनुभएको हो ।
ऋषिपञ्चमीमा भक्तजनको भीड (फोटो फिचर)
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको पशुपति क्षेत्र र टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड छ । आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।
बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइयो
म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो ।
फरक हुँदै तिज मनाउने तरिका
हिन्दु नारीको महान् चाड हरितालिका तिजका दिन सोमबार महिला विगतमा जस्तै शिवालयहरूमा गीत गाउँदै छमछमी नाचे । उनीहरू टिकटक बनाउन र सेल्फी खिच्न पनि व्यस्त बने । टिकटक बनाउने भिडमा महिला मात्र होइन, पुरुष पनि उत्तिकै थिए । पहिले पहिले पिर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएको तिजका भाका गुन्जिन्थ्यो । सासूबुहारीका कुरा, थिचोमिचो अनि विरह, वेदना मिसिएका गीतले हरितालिका तिजमा रौनक थप्थ्यो । यस पटक भने अहिलेका चर्चित गीतले तिजमा स्थान लिएको देखियो । ती गीत सुन्दा अब नेपाली महिलालाई दुःख नै छैन, वेदना बाँड्ने माध्यम नै छैन जस्तो लाग्छ । प्रायः यस पालि महिला ‘हट एन्ड सेक्सी’ तथा ‘डान्सिङ नम्बर’ हरूमा समूह बनाई नाचेका भेटिए ।