• १५ वैशाख २०८१, शनिबार

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ

blog

नेपाली कांग्रेसको प्रतिनिधि सभा सचेतकमा मनोनीत हुनुभएको प्रतिनिधि सभा सदस्य सुशीला थिङ ।

काठमाडौं, जेठ २५ गते । नेपाली कांग्रेसको प्रतिनिधि सभा सचेतकमा प्रतिनिधि सभा सदस्य सुशीला थिङ मनोनीत हुनुभएको छ ।

कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज (बिहीबार) सदस्य थिङलाई सचेतक पदमा मनोनयन गर्नुभएको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।