• १६ चैत २०८०, शुक्रबार

प्रधानमन्त्रीद्वारा खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन

blog

तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुनुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह 

खप्तड (बाजुरा), जेठ २३ गते । तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार उद्घाटन गर्नुभयो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सम्मेलन आयोजक समितिका मूल समारोह समितिका अध्यक्ष कमलबहादुर शाहको अध्यक्षतामा जारी कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, प्रदेश प्रमुख देवराज जोशी, योगगुरु बाबा रामदेव, आचार्य बालकृष्णलगायतको उपस्थिति छ । 

सो सम्मेलनमा सुदूरपश्चिम प्रदेशका विभिन्न झाँकीहरू प्रदर्शन गरिएका छन् । सुदूरपश्चिमको आध्यात्मिक तथा पर्यटकीय नगरीको रूपमा परिचित सुन्दर खप्तड क्षेत्रको विकासका लागि सम्मेलनले सहयोग गर्ने विश्वास गरिएको छ ।