• ८ वैशाख २०८१, शनिबार

शनिबार सङ्कटा मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

blog

काठमाडौं, जेठ २७ गते । राजधानीको नयाँ सडकको टेवहालस्थित सङ्कटा मन्दिरमा शनि दशा पन्छाउन विश्वासका साथ शनिबार  भक्तजनको भीड लागेको छ।   

शनिबार ग्रह शान्ति दुःख, पीडा, अभाव, समस्या, कष्टबाट छुट्कारा पाउन भक्तजन सङ्कटामा पूजाका लागि आउने गर्दछ ।  शनिबार शनिग्रह पन्छाउने दिन भएकाले यो दिन सङ्कटाको पूजा अर्चना गर्ने गर्दछ । देवता र दानवको युद्ध हुँदा ब्रह्माजीले शनिको पूजा गर्नू भनी देवतालाई भनेकाले यस दिन सर्वसाधारणले पनि कष्ट र हैरानीबाट छुट्कारा पाउन शनिको पूजा गर्न थालेको बताइन्छ । 

शनिबार सङ्कटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन मन्दिर देखि   नै थियो। शनिबार बिहान दर्शन गर्न दर्शनार्थीको लाइन पाको सडक पिपलबोट सम्म पुगेको थियो। सङ्कटा मन्दिरको दर्शन गरी सकेपछि महाकाल मन्दिरमा भैरवको पूजा अर्चना गरिन्छ । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।