• १९ चैत २०८२, बिहिबार

बालाजु बाइसधारा मेला सुरु

blog

काठमाडौँ,  चैत १९ गते ।  बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ ९ल्हुति पुन्हि० मेला सुरु भएको छ । 

बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले  बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले राससलाई जानकारी दिनुभयो । 

बौद्ध र हिन्दू धर्मावलम्बी मेला भर्न आएका उहाँले जानकारी दिनुभयो । नेवार समुदायले आज ‘मन्नादी’ देवीको जन्म मनाउने प्रचलन पनि छ ।  विशेष गरी महिलाले बाइसधारामा स्नान गरी  मन्नादीको पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । बालाजुमा स्नान गर्नाले छालासम्बन्धी रोग नलाग्ने स्थानीय बूढापाकाको विश्वास  छ ।

बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गर्नुभएको र १८५५ सालमा राजा रणबहादुर शाहले अर्को एउटा ठूलो धारा बनाएको  बाइसधाराको इतिहासमा उल्लेख भएको प्रमुख मानन्धरले बताउनुभयो । रासस