याँया (इन्द्रजात्रा)का क्रममा विभिन्न सडकमा सवारी आवागमन निषेध
काठमाडौँ महानगरले आज याँया (इन्द्रजात्रा) को अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकासित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ ।
देउडा महोत्सव सम्पन्न
ठकुरी समुदायले मनाउने गौरा (दुवाटु) को अवसरमा आयोजित जिल्लास्तरीय देउडा महोत्सव सम्पन्न भएको छ । महोत्सवको अवसरमा महिला तथा पुरुषले प्रतिस्पर्धाबिनै देउडा गीत गाएर सम्पन्न भएको हो । खार्पुनाथ गाउँपालिका–५ को आयोजनामा देउडा महोत्सव आयोजना गरिएको वडाध्यक्ष भरतजङ्ग शाहीले बताउनुभयो ।
थारु महिला खोलामा माछा मार्न व्यस्त
थारु समुदायका महिला माछा मार्न व्यस्त भएका छन् । आज बिहान पानी परेर खेत, खोलामा पानी बढेपछि माछा मार्नमा उनीहरुको व्यस्तता बढेको हो ।
इन्द्रजात्रामा २० विदेशी र २२ स्वदेशी पाहुना सरिक हुने
काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी तथा स्वदेशी पाहुना सहभागी हुने जनाएको छ ।
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा–अर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शन गर्नुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आइपुग्नु भएको छ ।
हिप्पी संस्कृति
इस्वी संवत्को १९६० को दशक आसपास काठमाडौँका ठाउँ विशेष गरी नयाँ सडक, इन्द्रचोक, झोँछे तथा वसन्तपुर आदिमा अनौठा स्वभावका मान्छे एकाएक देखा पर्न थाले । जिङ्रिङ्ग कपाल पालेका, खुकुला लुगा र बेलिबटम पाइन्ट लगाएका ती मान्छे समूहमा हिँड्थे । अन्य विदेशी पर्यटक जस्तो उनीहरू पैसा खर्च गर्दैनथे अर्थात् किफायती थिए । तिनको स्वभाव निकै अनौठो थियो । दिनभरि झोँछेलगायतका ठाउँमा खुलमखुला रूपमा बेचिने गरेको गाँजा र चरेस खाएर तिनीहरू लट्ठ परेका हुन्थे । बौद्ध र स्वयम्भूमा हुलका हुल घुम्न जान्थे । त्यता जाने क्रममा कतै ढुङ्गेधारा देखिएमा तिनीहरू निर्वस्त्र भएर नाङ्गै नुहाउँथे । यो देखेर नेपाल प्रहरीलाई उनीहरूलाई नियन्त्रणमा लिन निकै गाह्रो पथ्र्याे । यस्ता अनौठा स्वभाव भएका ती मान्छेको समूहलाई हिप्पी भनिन्थ्यो ।
जुम्लामा धार्मिक पर्यटकीय मेला सुरु
जुम्लामा मष्टो परम्पराको धार्मिक मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक महत्त्व राख्ने यी मेला सुरु भएपछि अहिले यस क्षेत्रमा भिडभाड बढेको छ । जानकारहरूका अनुसार जनैपूर्णिमाका दिनबाट कर्णालीमा सुरु हुने मेला सुरु भएपछि गाउँमा चहलपहल बढेको हो ।