तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताउनुभयो ।
हरितालिका तिज आज, पशुपतिमा विशेष व्यवस्था
काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सनातन पर्वका रूपमा मनाउँदै आएको तिज सोमबार विशेष उल्लास र उमङ्गका साथ मनाउँदै छन् । आइतबार भाद्र शुक्ल द्वितीयका दिन मध्य रातअघि नै घर घरमा आफन्त र चेलीबेटीहरू जम्मा भएर सात्त्विक भोजनलाई दरका रूपमा खाएर तृतीयाको दिन निर्जल निराहार व्रत बसी आराध्यदेव भगवान् शिवको पूजाआराधना गर्ने परम्परा रहेको छ । कसै कसैले यस दिन मध्यान्नमा उमामहेश्वरको पूजा लगाउने पनि गर्छन् ।
सभामुख घिमिरेद्वारा तीजको शुभकामना
सभामुख देवराज घिमिरले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पर्व हाम्रा पहिचान र गौरव हुन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गर्नुभएको छ ।
वास्तु दिवस एवं विश्वकर्मा पूजा
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।
हरितालिका (तीज) व्रतः पुरुषले पनि गर्नुपर्छ’
धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल
राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ ।
आज हरितालिका (तीज) व्रत
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
मिथिलाञ्चलमा 'चौरचन'को रौनक
मिथिलाको लोकआस्थाको महान् पर्व चौठचन्द्र भोली (सोमबार) मिथिलाञ्चलमा मनाउने तयारी हुँदैछ । भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा मनाइने चन्द्रोपासनाको यो पर्वलाई लोकलवजमा चौरचन पनि भनिन्छ ।