• १० मंसिर २०८१, सोमबार

बेल्जियममा मनाइयो साकेला उँभौली पर्व

blog

किरात राई समुदायले बेल्जियममा मनाए साकेला उँभौली तथा येले संवत् ५०८३ ।

केजिन राई
बेल्जियम, वैशाख २९ गते ।
प्रकृति पूजक किरात राई समुदायले बेल्जियममा साकेला उँभौली पर्व र संवत् ५०८३ भव्य रुपमा मनाएका छन् । बेल्जियमस्थित लुभेन नगरपालिकाको क्यासेलो काजाब्लांका पार्कमा किरात राई समाज बेल्जियमले विशेष कार्यक्रम आयोजना गरी मनाएको हो ।

किरात राई परम्पराअनुसार भूमि र पितृपूजा गरी सुरु गरिएको उँभौली साकेला कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगरले आदिवासी जनजातिले विदेशमा पनि आफ्नो मौलिक धर्म, परम्परा र संस्कृतिहरु पहिचानका लागि कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।


पत्रमार्फत बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कार्यक्रम सफलताका लागि शुभकामना दिनुभयो ।

कार्यक्रममा किराती संस्कृति र परम्पराका विभिन्न परिकारका साथ गायक राजेश पायल राईलाई मुन्दुमी अभिन्नदन गरिएको  थियाे । 

सहभागी र अतिथिहरूले लगातार साकेला सिली नृत्यमार्फत क्यासिलो पार्कमा रौनकता प्रदान गरेका थिए । उभौली कार्यक्रम किरात राई समाज बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङको अध्यक्षतामा भएको थियो ।