• १६ चैत २०८०, शुक्रबार

टुँडिखेलमा उभौली उत्सव (फोटो फिचर)

blog

काठमाडौंको टुँडिखेलमा चण्डीनाचमा सहभागी सुनुवार समुदाय । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख ३० गते। उभौली तथा उधौली पर्व किराँत समुदायले महान् पर्वको रुपमा मनाउने गर्दछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत वैशाख २२ गते उभौली परेको थियो। 

किराँत समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्स्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ। यो पर्वको अवसरमा साकेला शिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ। हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ। 

साकेला शिली नाच्नुअघि सबैको घरघरमा हुइलुङ पूजा गरिन्छ। उभौलीकै अवसरमा आजको दिन काठमाडौंको टुँडिखेलमा किराँती भेषमा युवादेखि वृद्धवृद्धा भेला भएर साकेला शिली नृत्य गरेका छन्। 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।