हराउँदै वरपीपल रोप्ने प्रचलन
धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर ५ बज्र माईका कुलबहादुर बस्नेतले करिब चार दशक अघि बुवा आमाको बर पिपल रोप्नु भयो ।
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो ।
प्रकृतिलाई खुसी बनाउन भुमे पूजा
म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ ।
रोगव्याधी अन्त्यको लागि थारु समुदायको कन्तरी पूजा
नवलपुर र चितवनका थारु समुदायले धूमधामका साथ मनाउने संसारी कन्तरी पूजा यस वर्ष सुरु भएको छ । थारु समुदायमा विशेष महत्त्वका साथ कन्तरी पूजा पर्वकै रूपमा मनाउने गर्छन् ।
धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै हो : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाले मात्रै ओतप्रोत हुने बताउनुभएको छ ।
सुरु भयो नवदुर्गा नाच
भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा नाच सोमबार काभ्रेपलाञ्चोकको पनौतीमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगणद्वारा विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा पनौती नगरमा नृत्य प्रदर्शन गरिएको हो । प्रत्येक वर्षजस्तै यस वर्ष पनि भक्तपुरको नवदुर्गा पनौतीमा ल्याइएको नवदुर्गा देवगणका नारायणमान बनमालाले जानकारी दिनुभयो ।
हिन्दु महासंघको आठौं महासभा बुटवलमा हुने
विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा हुनेभएको छ । ‘विश्वभरिका ॐ कार परिवारको एकमात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ मुल नारासहित महासभा भोलिदेखि सुरु हुने महासंघले जनाएको छ ।
तन्नेरीलाई शिरफुले भाका सिकाउँदै पाका पुस्ता
कुनै समय शिरफुले भाकाले गाउँघर गुञ्जयमान हुन्थे । मेलापात, गोठ, ओडार र चौतारीमा भेला भएर शिरफुले मायाको भाकामा गीत गाउने र नाच्ने प्रचलन थियो तर आजकल नयाँ संस्कृतिको विकासले पुराना प्रचलित भाकाका गीत लोप हुँदै जान थालेका छन् ।
कुमाल समुदायद्वारा परम्परा र संस्कृति जोगाउन माग
कुमाल समुदायले आफ्नो संस्कृति, परम्परा र भेषभूषाको संरक्षण गरी अधिकार सुनिश्चित गर्न माग गरेको छ ।
झोरा नृत्य प्रस्तुत गर्ने तयारीमा कलाकारहरु
झोरा नृत्य प्रस्तुत गर्न तयारी अवस्थामा कलाकारहरु
वैशाख १० गतेदेखि पशुपति क्षेत्रमा सन्त सम्मेलन
वैशाख १० गतेदेखि पशुपति मन्दिर क्षेत्रमा सन्त सम्मेलन एवम् विभिन्न धार्मिक कार्य हुने भएको छ।
सेतो मच्छिन्द्रनाथको फोटो प्रदर्शनी
सेतो मच्छिन्द्रनाथको रथजात्राको अवसर पारेर नेपाल फोटो पत्रकार सङ्घ (एनएफपिजे) ले तीन दिने फोटो प्रदर्शनी गरेको छ ।
गैडहवाको डोलही शिव मन्दिर
गैडहवा गाउँपालिका वडा नं ८ मा अवस्थित प्राचीन डोलही शिव मन्दिर निकै प्राचीन मन्दिर मध्ये एक हो । यो मन्दिर गाउँको मध्य भाग वा सडकको दाहिने तर्फ शिखर शैलीको रहेको छ।
तन्नेरीलाई शिरफुले भाका सिकाउँदै पाका पुस्ता
कुनै समय शिर फुले भाकाले गाउँघर गुन्जायमान हुन्थे। मेलापात,गोठ ओडार र चौतारीमा भेला भएर शिर फुले मायाको भाकामा गीत गाउने र नाच्ने प्रचलन थियो । तर आजकल नयाँ लोक संस्कृतिको विकासले पुराना प्रचलित भाकाका गीतहरू लोप हुँदै जान थालेका छन् ।
पशुपतिमा धार्मिक तथा पर्यटकको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि महत्त्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
हराउँदै चैते दसैँको मौलिकता
गलकोट, चैत १६ गते । यो पैसो कैलेलाई, चैते दसैँलाई त्यो पनि मागे दिन्न कसैलाईचैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गीत । एक दशकअघिसम्म परम्परागत चैते दसैँको छुट्टै रौनकता थियो । लोक गायक टीका क्षत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।मेलामा यानी माया, सालैजो, झ्याउरे गीत गुन्जिन्थे भने, स्थानीय उत्पादनको व्यापार राम्रो फस्टाउँथ्यो । अहिले रेकर्ड गरिएका आधुनिक गीतले पाका पुस्तालाई चैते दसैँ फेरिएको महसुस हुन्छ । बढ्दो आधुनिकतासँगै पहिलाको चैते दसैँ र अहिलेको चैते दसैँमा व्यापक परिवर्तन आएको स्थानीय ८५ वर्षीया दुर्गा आचार्यले बताउनुभयो । पहिला ठेका, डाला, नाङ्ला, आँसी, बाउसा, सेल रोटी विभिन्न अन्नको कारोबार भएपछि पछिल्लो समय आधुनिक उपकरण, प्लाष्टिकका भाँडाकुँडा तथा आधुनिक खेलौनाको बढी कारोबार हुने गरेको छ । लिङ्गे पिङ र चर्खे पिङ्गको सट्टा आधुनिक पिङ सञ्चालनमा छन् । “उ बेला चैते दसैँलाई भनेर खर्च जोहो गर्ने चलन थियो, मेलामा स्थानीय उत्पादनको मात्रै कारोबार हुन्थ्यो, राडी, कम्बललगायत लत्ताकपडाको कारोबार हुन्थ्यो”, आचार्यले भन्नुभयो, “एक वर्षलाई पुग्ने गरी स्थानीय उत्पादन खरिद गरेर स्थानीयले लैजान्थे, अहिले त प्लाष्टिकका सामग्रीको बढी कारोबार हुन्छ, स्थानीय उत्पादनले प्राथमिकता पाउँदैन, बढ्दो आधुनिकतासँगै चैते दसैँको मौलिकता फेरिएको पाइन्छ ।”पहिलाको चैतेदसैँ र अहिलेको चैतेदसैँको कुनै तुलना हुँदैन । त्यो बेलाको चैतेदसैँमा रेरेरे गीत गाउने, घरेलु उत्पादनको खरिद–बिक्री गर्ने चलन थियो । उहाँले भन्नुभयो, “अहिले मेलामा आधुनिक गीतमा नाच गान हुन्छ, लोकदोहोरी गीतसमेत खस्केको छ, पहिला चैते दसैँमा दोहोरी गाएकै भरमा यहाँका थुप्रै कलाकार राष्ट्रिय कलाकार भएका छन्, अहिले त नाच गान, खानपिन, रमाइलो मात्रै छ, स्थानीय उत्पादन देखिनै छाडे, फाट्टफुट्ट देखिएका मादल, डाला, नाङ्ला र ठेकासमेत बिक्री भएको पाइँदैन, गिहालेपनि प्रयोग गर्न नभएर सजाउन मात्रै लगेको पाइन्छ ।”पहिला मेलाको नाममा यही एउटा चैतेदसैँ भए पनि पछिल्लो समय गाउँ–गाउँमा विभिन्न मेला तथा महोत्सव आयोजना हुन थालेपछि चैतेदसैँ मेलाको रौनकतामा कमी आएको स्थानीय राधिका रानामगरले बताउनुभयो । बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीको खरिद–बिक्रीका लागि मेला लागेपछि अहिले यसलाई चैत्राष्टमी मेलाको नाम दिइएको छ ।बागलुङ कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । “हिन्दु धर्ममा कालिका भगवतीको महत्पूर्ण स्थान छ, जसमध्ये नेपालमै कालिका मन्दिरमा बागलुङ कालिका प्रसिद्ध छ”, रानाले भन्नुभयो, “कालिका मन्दिरसँगै जोडिएको छ चैतेदसैँ मेला बागलुङको ब्राण्ड बन्दै गएकामा दुई मत छैन तर पछिल्लो समय यस मेला गीतसङ्गीत र खानामा मात्रै सीमित भएको पाइन्छ ।”यही चैत १३ देखि १७ गतेसम्म चल्ने चैतेदसैँ मेला नाचगान, दोहोरी गीत, खानाका परिकार तथा रमाइलो मेलामा मात्रै सीमित भएको कतिपयको गुनासो छ । मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, हँसिया, बाउसा, मान्द्रो, थुन्से, मादल भाँडाकुँडालगायत दैनिक उपभोग्य वस्तु खरिद–बिक्री हुने गरेकोमा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकार मात्रै बिक्री–वितरण हुने गरेको पाइएको छ ।त्यो चैतेदसैँ र अहिलेको नाच गान, खानपिन, लत्ताकपडा, रमाइलो मेलासहितको अहिलेको चैतेदसैँ धेरै अन्तर्वस्तु फरक पाइएको छ । मेलामा मौलिक तथा स्थानीय उत्पादनलाई निःशुल्क कक्ष र यातायात खर्चको व्यवस्थापन गरे पनि स्थानीय उत्पादनप्रति स्थानीयको रुचि घट्दै आधुनिक सामग्रीमा आकर्षण बढेको पाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।“चैतदसैँमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको छ, हामीले ठेका, डाला उत्पादन गर्नेहरूलाई फोन गरेर बोलाउन थालेका छौँ, उनीहरूको व्यापार नभए यातायात खर्चसमेत आयोजकले व्यवस्थापन गर्छ”, खड्काले भन्नुभयो, “तर बढ्दो आधुनिकता, प्रविधिको प्रयोगका कारण मेलालाई प्रत्यक्ष असर पर्दै आएको स्वीकार छ ।”मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि बिस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको छ । पच्चीस वर्षदेखि कालिका मन्दिरमा डाला र नाङ्ला लिएर व्यापार गर्दै आउनुभएका बागलुङको बडिगाड गाउँपालिकाको ससिराम साम्दाखाडीले अबको केही वर्षमा यिनै डाला र नाङ्लासमेत देख्न नपाइने बताउनुहुन्छ । “करिब २५ वर्ष भयो होला, निगालोको चोयाबाट बनेका डाला, नाङ्ला लिएर बागलुङ बजार आएको पहिला बोकेर ल्याइन्थ्यो, अहिले यातायातका साधनमा ल्याइन्छ, पहिला डाला र नाङ्ला बेचेर वर्षभरि खान पाइन्थ्यो, अहिले परम्परा धान्ने मात्रै काम भएको छ, पहिला जस्तो चैते दसैँको मौलिकता छैन”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई राज्यले हेरेन, छोरा नातिले अर्कै काम समाल्न थाले, स्थानीय उत्पादनको व्यापार छैन, आफू बुढो हुन लागियो, सक्ने बेलासम्म मेलामा आउने हो ।” ठेका ठेकी बनाउने परम्परासमेत पुस्तान्तरणको अभावमा लोप भएर गइरहेको छ । रासस
राष्ट्रपति पौडेलद्वारा सेतो मछिन्द्रनाथको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले मछिन्द्रनाथको दर्शन गर्नुभभएको छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु
आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।
निशानमा मौलो पूजा सम्पन्न
चैते दशैँको अवसरमा धनकुटाको निशान भगवती मन्दिरमा मौलो परिवर्तन गरी पूजा गरिएको छ । नेपाली सेनाको भीमदल गणको आयोजनामा मौलो परिवर्तन गरी पूजा गरिएको हो ।
एकताको प्रतीक सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु
सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यालोकितेश्वरको मूर्तिको रथजात्रा आजबाट सुरु भएको छ ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा आज, रथको रुटमा सवारी साधन निषेध
सेतो मच्छिन्द्रनाथको रथयात्रा आज (बुधबार) बाट सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुन्छ ।
देश जहाँ छोयो त्यहीँ फाटेको छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचे भन्दा फरक रहेको बताउनुभएको छ।
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ ।
सेतो मच्छिन्द्रनाथ रथ निर्माण
सेतो मच्छिन्द्रनाथ रथ निर्माण तीन धारा पाठशाला अगाडी सुरु भएको छ । आउँदो बुधबार चैते दसैँ देखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।