• १४ वैशाख २०८१, शुक्रबार

इदुल फित्र मनाइँदै (फोटो फिचर)

blog

काठमाडौंको कास्मिरी मस्जिदमा इदुल फित्र पर्व मनाउन जम्मा भएका इस्लाम धर्मावलम्बी मुस्लिम समुदाय । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख ९ गते । आज (शनिबार) इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले इदुल फित्र पर्व मनाएका छन् । याे समुदायले एक आपसमा शुभकामना साटासाट गर्दै बिहानैदेखि पर्व मनाउन सुरु गरेका छन् ।

एक महिनासम्म चल्ने  'रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरू दिनमा निराहार व्रत बस्छन् । बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि ‘एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।