तिजको रमझम (फोटो फिचर)
सोमबार सहरका चोकचोकमा तिजको रमझम खुबै देखियो । गाउँ रित्तिँदै गए पनि सहरी क्षेत्रमा तिजमा रमाइलो गर्ने समूह चोकचोकमै भेटिए ।
पशुपति दर्शनमा सहज : दर्शनार्थीको रुचि सेल्फी, टिकटकमा
पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ।
दशैँ भित्र्याउन चथा : मनाउँदै नेवार समुदाय
आज भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा सोमबार नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउनका लागि गणेश भगवान् र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदै छन् ।
विश्वकर्माको स्मरणमा सवारीसाधन तथा औजारको पूजा (फोटो फिचर)
आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ ।
सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक
आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धूमधामसँग मनाउने प्रचलन छ ।
तीज मनाउन पशुपतिमा महिलाहरूको भीड (फोटो फिचर)
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका (तीज)मा पशुपतिमा महिलाहरूको भीड लागेको छ ।
अट्वारीको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै
कैलालीसहित विभिन्न जिल्लाका थारु समुदायले धुमधामसँग मनाउने अट्वारी पर्वको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइदैँ छ ।
संस्कृति हाम्रा पहिचान हुन्: प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संस्कृति हाम्रो पहिचान भएको बताउनुभएको छ ।
तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताउनुभयो ।