अर्जुन काफ्ले 
स्याङ्जा, जेठ १९ गते । विशेषगरी गुुरुङ युवा समुुदायले गाउने सुुनिमाया भाका पछिल्लो समय लोप हुँदै गएको छ । समय परिर्वनसँगै आधुुनिक खालका गीत सङ्गीतहरुको प्रभावले युवाहरुको रोजाईमा पर्न नसक्दा यो भाका लोप हुँदै गएको हो ।  
लोप हुँदै गएको सुुनिमाया गीत फेदिखोला गाउँपालिका ४ गलेममा भने संरक्षणका लागि गीत गाउने गरेको छ ।  
पूर्खाहरुको पालामा मेला पर्वमा रातभरी जागराम बसेर गाउँघरमा घटेका घटनाहरुसँग आधारित रहेर गाइने भएतापनी पछिल्लो नयाँ पुुस्तामा सुुनिमाया भाका रोजाईमा पर्न नसग्दा अभियान नै सञ्चालन गरेर संरक्षणमा लागेको ईन्द्र बहादुुर गुुरुङले बताउनुभयो । नेपाली संकृतिमा जातजाती अनुुसारको संस्कृति तथा गीतहरु पनि फरकफरक रहेको बताउँदै गुुरुङले गुुरुङ समुुदायमा त्यस्तै गाईने गीत सुुनिमाया भएको बताउनुभयो । 
पछिल्लो समय रोजगारी तथा सुुगम बस्तीमा बसाइ सर्ने चलन बढेपछि पुराना भकाहरु हराउँदै जान थालेको हो । 
सुुनिमाया लामो लयमा गाईने ढिलो गीत भएको बताउँदै गुुरुङले नाच्न नमिल्ने र मादलको तालमा दोहोरी गाएर रात बिताउने भएकाले पनि युुवा वर्गको रोजाईमा पर्न सकेको बताउनुभो । 
रोजगारी तथा सहरीकरण बढेर जान थालेपछी सुुनिमाया गीत ओझेलमा परेको स्थानीयन सुुनिता गुुरुङको भनाइ छ ।
नेपाली मौलीक संस्कृतीसँग रहेका यस्ता भाकाहरु संरक्षण गर्ने हो भने नेपाली संस्कृतिलाई अझै पहिचानको रुपमा स्थापित  गर्न सकिन्छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                