• १४ वैशाख २०८१, शुक्रबार

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

blog

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १५ गते । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दैनिक हजारौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्नेगरेको छ ।

बिहान पौने ६ देखि मन्दिरमा आरतीको कार्य थालनी हुने र त्यसपछि साढे ७ बजेपछि मात्रै मन्दिरको गेट खुल्ने गर्दछ । भक्तजन भने बिहानैदेखि पुगेर चिसो सिरेठोमा कठ्याङ्ग्रिँदै  पूजाअर्चनाका लागि लाइन बस्नेगरेका छन् । 

नेपाल–भारत तथा हिन्दु धर्मावलम्बीहरूको वासस्थान रहेका अधिकांश मुलुकका साथै बुद्ध धर्म मान्ने भक्तजनहरू पनि मुक्तिनाथ मन्दीरमा दर्शन गर्न आउनेगरेको बताइन्छ ।  नेपालको हरेक भूभागबाट दर्शनार्थीहरु दर्शनका लागि मन्दिरसम्म आइपुग्नेगरेको मुक्तिनाथ क्षेत्र विकास कोषका सचिव रबिन सुवेदीले बताउनुभयो । मन्दिरमा दर्शनका लागि नेपालका हरेक जिल्लाका नागरिकहरू आउनेगरेको उहाँको भनाइ छ । 

मुक्तिनाथ मन्दिरमा भेटिनु भएका काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले पनि मन्दिर परिसरमा दर्शनका लागि आउँदा आनन्द अनुभूति भएको बताउनुभयो । शाक्यले शनिबार बिहान मन्दिरमा दर्शनपछि म्याग्दीको तातोपानी बासेर काठमाडौं फिर्ने बताउनुभयो । मुस्ताङ क्षेत्रजस्तै स्तरको सडक म्याग्दीतर्फ पनि भएमा धार्मिक पर्यटकलाई सहज हुने उहाँले सुनाउनुभयो ।