• १२ साउन २०८१, शनिबार

'हाम्रो संस्कृति हाम्रो सम्पदा' शीर्षकमा तस्बिर प्रदर्शनी

blog

प्रदर्शनीमा राखिएको तस्बिरहरु अवलोकन गर्नुहुदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र राससका अध्यक्ष धर्मेन्द्र झा । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ११  गते । राष्ट्रिय समाचार समिति (रासस) ले गणतन्त्र दिवस–२०८० का अवसरमा बिहीबार  देखि साता व्यापी तस्बिर प्रदर्शनी सुरु गरेको छ ।

सांस्कृतिक पक्षलाई समेटेर 'हाम्रो संस्कृति हाम्रो सम्पदा' शीर्षकमा राससले तस्बिर प्रदर्शनीको आयोजना गरेको हो । 

प्रदर्शनीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  उद्घाटन गर्नुभयो ।

रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनीमा सातै प्रदेश एवम् काठमाडौं उपत्यकाका गरी ७७ तस्बिर समावेश गरिएको छ । प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ । 


यो पनि पढ्नुहोस
Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।