• १२ वैशाख २०८१, बुधबार

हाम्रो सम्पदा

पटखौलीको सतियामाई मन्दिर (फोटो फिचर)

blog

रुपन्देही, वैशाख ३० गते । रुपन्देहीको पटखौली गाउँपालिका वडा नम्बर ८ गौरी गाउँमा अवस्थित सतियामाई मन्दिर दर्शनार्थीहरुका लागि प्रख्यात मध्ये एक हो ।

किम्बदन्तीअनुसार सतिया एक सिद्ध नारी थिइन। उनको विवाह पटौली निवासी एक स्थानीयसँग भएको थियो । विवाह गरेर डोलामा जाँदा, गाउँ नजिकैको रोहिणी नदीमा अलप भइन । त्यहीँ मान्छेहरूको जमातमा उनी बच्चा बनेर घुमी रहेकी थिइन्। त्यस नदीमा खडाउ लगाएर जमिनमा जस्तै रोहणी नदीको पानीमा हिँड्दै थिइन सतिया।

मन्दिर भित्र दाहिने तर्फ पहेँलो मूर्ति र पहेँलो वस्त्र धारण गरेको मूर्ति नै सतियामाईको मूर्ति हो भने, बायाँतर्फ हनुमानको मूर्ति रहेको छ। सतियामाईको मन्दिर सानो रहेको छ र यो स्थल सतियामाईको नामबाट निकै नै प्रख्यात रहेको छ। यस मन्दिर नजिकै राम जानकी मन्दिर लगायत विभिन्न मन्दिरहरू रहेका छन्।

यी सतियामालाई बच्चाहरूको संरक्षिकाको रूपमा स्थानीयवासी पूजा अर्चना गर्दछन्। स्थानीयवासीका अनुसार बच्चाहरू बिरामी परेमा यिनको पूजा अर्चना गर्नाले निको हुने जनविश्वास समेत रहेको छ। सतियामाईको मन्दिरमा कात्तिक पूर्णिमाको दिन मेला लाग्ने गर्दछ।