• १२ पुस २०८१, शुक्रबार

रातो मच्छिन्द्रनाथ रथयात्रा र भोटोजात्रा

blog

भाइबहिनीहरू, काठमाडौँ उपत्यका मन्दिरै मन्दिरले भरिएकोे सहर हो । यहाँ बाह्रै महिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनुँ विविध धर्म र संस्कृतिमा नेपाल संसारमै धनी मानिन्छ । हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर आषाढ शुक्ल चौथीसम्म मनाइने सांस्कृतिक उत्सवलाई रातो मच्छिन्द्रनाथको रथयात्रा भनिन्छ । रातो मच्छिन्द्रनाथका दुईवटा मन्दिर छन्, एउटा बुङ्गमतीमा, अर्को ललितपुर तःबहालमा । छ महिना बुङ्गमती र छ महिना ललितपुरमा राख्ने गरिन्छ । 

मच्छिन्द्रनाथलाई नेपालमा ल्याउने राजा नरेन्द्रदेव, बौद्ध आचार्य बन्धुदत्त र भरिया रथचक्र ललित ज्यापू तीन जनाले कामरुपीठबाट नेपाल ल्याइएको थियो भन्ने गोरखनाथ सम्बद्ध किंवदन्ती प्रचलित छ, त्यसताकाका अनेकन कथाहरू सुन्न र पढ्न पाइन्छन् । 

गुणकामदेवपछि नेपालमा नरेन्द्रदेवको शासनकालमा अनिकाल सुरुभयो । नेपाल भूमिमा जलवृष्टि नभई ठूलो हाहाकार मच्चियो । अनेक शान्ति स्वस्ती गर्दा पनि बाह्र वर्षसम्म पानी नपरि दिनाले मानिसमा ठूलो दुःख हुन गयो । जनताको दुःखमा आत्तिएका राजा आचार्य बन्धुदत्तको घर पुग्छन् र म्हेपी अजिमाले भनबमोजिम कामरुपीठ गई भर्खर जन्मेका बच्चा ल्याउन सके सहकाल आउनेछ भनी निष्कर्षमा पुग्छन् ।

राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र भरिया रथचक्र ललित ज्यापू तीनै जना कामारु कामाक्ष गए । कामाक्ष पुगेर बन्धुदत्तले त्यहाँका राजालाई भनेछ हजुरको कान्छो सुपुत्र नेपालमा लगेर करुणामयका रूपमा पूजा गर्ने बताए तर रानीले पुत्र दिन नमानेपछि आचार्य बन्धुदत्तले साधना गरेर करुणामय (मच्छिन्द्रनाथ) बालकलाई भँवराका रूपमा कलशभित्र प्रवेश गराउँदछन् । 

त्यहीँबाट करुणामय साधना सम्पन्न गरी नेपालमा सहकाल ल्याएको कुरा मच्छिन्द्रनाथ वंशावलीमा उल्लेख गरिएको पाइन्छ भने सो घटनालाई ताजा बनाइराख्न तःबहालस्थित मच्छिन्द्रनाथको मन्दिर परिसरमा राजा नरेन्द्रदेव, बन्धुदत्त र भरिया रथचक्र ज्यापू तिनैजनाको पूर्णकदको ढलौटको मूर्ति स्थापना गरिएको छ ।

वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई खटमा बोकी तःबहालको मन्दिरबाट पुल्चोकमा ल्याई रथारोहण गरिन्छ भने विभिन्न टोल हुँदै रथलाई सुन्धाराबाट लगनखेल लगेपछि रथको टुप्पो (शिर)बाट सिङ्गो नरिवल खसाल्ने गरिन्छ । भोलिपल्ट बिहान सबेरै महिलाहरूले मात्र मच्छिन्द्रनाथको रथ र मीननाथको रथचाहिँ १६ वर्षमुनिका केटाहरूले तानेर नजिकको दोबाटोमा पु¥याउने चलन छ । साइत हेरेर रथलाई जावलाखेल पु¥याइन्छ र रथ जावलाखेल पु¥याएको चौथो दिन चाहिँ भोटो जात्रा हुन्छ । बहुमूल्य रत्नजडित ‘हेलगुजि’ भनिने भोटोलाई गुठी संस्थानका कर्मचारीले रथको बुर्जाका चार कुनामा तीन÷तीन पल्ट भोटो देखाउने गरिन्छ । 

किंवदन्तीअनुसार भोटोको विषयमा वैद्य र भूत घमासान झगडा भयो । उक्त झगडा मनुष्य रूप कर्काेटोक नाग राजाले भोटो खोस्न पुग्छन् । खोसिसकेपछि नाग राजाले ‘‘आइन्दा यो तिम्रो पनि होइन, त्यो राक्षसको पनि होइन । जबसम्म कोही यो भोटो मेरो हो भनी स–प्रमाण लिएर आउँदैन, तबसम्म यो मच्छिन्द्रनाथको हुनेछ,” भनी रथमाथि बसेर सबै सामु घोषणा गरे, “हे राजा एवं सम्पूर्ण प्रजागणहरू ! नागलोकबाट ल्याइएको सुवर्णमय हीरा, मोती, रत्न आदि जडेको यो भोटो हरेक वर्ष जात्राको दिन राजाको सवारी भएपछि चारै दिशापट्टि फर्केर देखाइनेछ ।” विगत १३ सय वर्षदेखि राजा र प्रजाका बीच जावलाखेलमा हुने मच्छिन्द्रनाथको रथयात्रामा भोटो देखाउने जात्रा पनि गाभियो ।  मच्छिन्द्रनाथको रथयात्राको अन्तिम तथा महìवपूर्ण दिन पनि यही भोटोजात्रा दिन हो । त्यसदिन बिहानैदेखि जावलाखेलमा श्रद्धालु भक्तजनहरूको भीड लागेको हुन्छ, त्यहाँ भोटोजात्रामा राष्ट्रप्रमुख समुपस्थिति हुने परम्परा रहिआएको छ । साथै यस दिन सार्वजनिक बिदा पनि हुन्छ ।  

Author

त्रिचन्द्र श्रेष्ठ