• २२ वैशाख २०८१, शनिबार

काठमाडौंमा मगर समुदायले मनायो भूम्या (फोटो फिचर)

blog

काठमाडौं, असार १ गते। मगर समुदायको भूम्या (भूमे) पर्व शुक्रबारबाट सुरु भएको छ। भूमिको पूजा गरेर मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन्। यो पर्व काठमाडौंमा तीन दिनसम्म मनाइन्छ। नेपाल मगर संघले शुक्रबार काठमाडौंमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरेको छ। मगर समुदायले प्राकृतिक प्रकोप नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउने गर्दछन्। 

भूमे पूजामा मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ। जसलाई भूम्या निकाल्ने भनिन्छ। भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैंको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ। भूम्या थानमा देवतालाई बली दिएर पूँजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिन्छ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।