नेपालमा मनसुन भित्रिएको डेढ महिना पुगेको छ । जेठ ३१ गते भित्रिएको मनसुनले नेपालमा जनधनको क्षति गरेको छ । मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ५० जनाको मृत्यु भएको छ ।
भारतले बासमती बाहेकका चामलले निर्यातलाई प्रतिबन्ध लगाएको छ । भारतले साउन ४ गतेदेखि लागु हुने गरी चामलको निर्यातलाई प्रतिबन्ध लगाएको हो ।
निर्माण कम्पनीले ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन तयार पारेको छ । अघिल्लो डिजाइनमा समस्या आएपछि कम्पनीले नयाँ डिजाइन सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विभागलाई बुझाएको छ ।
नेपाल–भारत अन्तरदेशीय काठमाडौं–रक्सौल रेलमार्गको रुट तय भएको छ । भारतीय पक्षले रेलमार्गको अध्ययन गरेर नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा रुट समावेश भएको छ ।
आर्थिक वर्ष २०७९–८० हालै सकिएको छ । आर्थिक वर्ष समाप्त भएसँगै केही मन्त्रालयले विनियोजित बजेटको थोरै मात्र खर्च गरेका छन् भने केही मन्त्रालयको खर्च शतप्रतिशत हाराहारीमा पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय पटक–पटक विद्युत जाने समस्या दाेहोरिएको छ । कीर्तिपुरका विनोद थापा खाना पकाउने समयमा विद्युत जाँदा अप्ठ्यारो परेको बताउनुहुन्छ । उहाँ जस्तै उपत्यकाबासीले यो हैरानी खेप्नु परेको छ ।
उदयपुरका हेमकुमार विश्वकर्मा मन्द मुस्कानका साथ त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटमा भेटिनुभयो। उहाँको हातमा राहदानी थियो। तोकिएकै समयमै राहदानी प्राप्त गर्दा उहाँ खुशी हुनुभएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ ।
नेपालमा मनसुन भित्रिएको एक महिनामा बाढी, पहिरो र चट्याङमा परेर ४४ जनाको जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। यो अवधिमा ४५ करोड बराबरको भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम छ दिनमा ५२ अर्ब ३६ करोड बढी भुक्तानी भएको छ। महालेखा परीक्षक कार्यालयको तथ्यांक अनुसार वर्षको अन्तिम ६ दिनमा ५२ अर्ब ३६ करोड चाल लाख रुपियाँ भुक्तानी भएको हो।
सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सरकारसँग युरिया ४६ हजार ४५३ टन, डीएपी १२ हजार ९६८ टन र पोटास ७१ टन रासायनिक मल मौज्दात रहेको छ ।
सधैँ घाटाको व्यापार गरिराखेको नेपाल आयल निगमले यो वर्षको ११ महिनामा १७ अर्ब नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष ४९ अर्ब घाटामा रहेको निगमले यो वर्ष फाइदाको व्यापार गरेको हो।
कोरोना बीमा दावि भुक्तानी गरेका बीमितले भुक्तानी तत्काल पाउने सम्भवना छैन ।
देशभर २७ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ। असार सकिन एक हप्ता मात्र बाँकी रहँदा धान रोपाइँ २६.७१ प्रतिशत मात्र भएको छ।
चालु आर्थिक वर्षको अन्तिम महिनामा सरकारको भुक्तानी बढेको छ। २१ दिनको अवधिमा एक खर्ब २५ अर्ब सात करोड ३१ लाख भुक्तानी भएको हो।