भोजपुरका मौसम राई त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) धाउन थालेको एक महिना भयो । कोरोनाको समयमा भएको स्नातक तहको ग्याप भेरिफिकेसनका लागि आउनुभएको उहाँलाई कुनै न कुनै डकुमेन्ट नपुगेको भनेर फर्काइने गरेको छ ।
चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी–बसुन्धरा सडकखण्डको विस्तारका लागि चिनियाँ पक्षले सकारात्मक चासोसहित कुटनीतिक (डिप्लोमेटिक) नोट पठाएको छ ।
गत चैत ५ गते साँझ बागलुङदेखि काठमाडौँ आउँदैगरेको बस निसिखोलामा दुर्घटना हुँदा नौ जनाको ज्यान गयो । २६ जना घाइते भए । गत फागुन ३ गते कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा १० जनाको ज्यान गयो । ३० जना घाइते भए ।
अहिले देशभर आगलागीका घटना बढेका छन् । पछिल्लो दुई दिनमा मात्र ७२ वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय पाइलट पढ्नका लागि विदेश जाने प्रचलन बढ्दै जान थालेको छ । नेपालमा पढाइ नहुने भएपछि युवाहरू पाइलट पढ्नका लागि अमेरिका, फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, अर्जेन्टिना र न्यूजिल्याण्डसम्म पुग्ने गरेका छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै डढेलो तथा आगलागीका घटना पनि बढेको हो । नेपालमा आगलागीका घटना प्रायः वैशाखको दोस्रो साताबाट बढी हुने गरेको पाइन्छ ।
पछिल्लो समय देशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै ढडेलो तथा आगलागीका घटना पनि बढेको हो । नेपालमा आगलागीका घटना प्रायः बैशाखको दोस्रो साताबाट बढी हुनेगरेको मानिन्छ ।
प्यूठान जुम्रीकाँडा गाउँपालिकाका गोविन्द न्यौपाने कीर्तिपुरमा बसेर लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ । निजामती सेवामा प्रवेश गरेर केही गर्ने सोच भएका उहाँलाई पछिल्लो समय संघीय संसद सचिवालयमा दर्ता भएको संघीय निजामति सेवा ऐनको विधेयकले निरासा बनाएको छ ।
देश सङ्घीय संरचनामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको भनिएको छ । केन्द्रमा रहेको अधिकार, पूर्वाधार र अवसर अहिले प्रदेश र स्थानीय तह हुँदै जनताले प्राप्त गर्न सक्ने आधार बनेको छ ।
कोरिया भाषा परीक्षाका लागि माग भएभन्दा झण्डै १० गुणाभन्दा बढी कामदारको आवेदन परेपछि आगामी वर्षदेखि माग भएको तीन गुणा मात्र आवेदन भर्ने व्यवस्था गर्न आग्रह गरेको छ । साथै यसवर्षको कोरिया भाषा परीक्षा छिटो सक्न आग्रह समेत गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानलाई धर्मसँग मात्र जोडेर हेर्न नहुने बताउनुभएको छ । ललितपुरस्थित नख्खु कारागारमा सञ्चालनमा रहेको विपश्यना केन्द्रको शनिबार निरीक्षण अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
स्थानीयवासीको अवरोधका कारण नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ । नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्म जोड्ने सुरुङमार्गको काम फागुन ६ गतेदेखि रोकिएको आयोजनाले जनाएको छ ।
काठमाडौं उपत्यकाका भित्री सडकमा निषेधित समयमा ठुला मालवाहक सवारी साधनको प्रवेश हुन नदिने नीति कार्यान्वयनमा आउन सकेको छैन ।
काठमाडौं उपत्यकाका भित्री सडकमा निषेधित समयमा ठूला मालबहाक सवारी साधनको प्रवेश हुन नदिने नीति कार्यान्वययनमा आएको छैन ।
यस वर्षको हिउँद याम सकिन एक सातामात्र बाँकी छ । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । यस वर्षपनि हिउँदयाममा अपेक्षा गरेअनुसार पानी पर्न सकेको छैन ।