दशैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ । दशैँका लागि आन्तरिक उडाानको ८० प्रतिशत टिकट अग्रिम बुकिङ् भएको सम्बन्धित एयरलाइन्सले जनाएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउने भनेको खसी, बोका तथा च्याङ्ग्रा भोलि काठमाडौं ल्याइसक्ने भएको छ । घटस्थापनाको आसपासमा पश्चिम क्षेत्रबाट ल्याउने भनेको तीन हजार खसी, बोका तथा च्याङ्ग्रा सोमबार बिहान काठमाडौं आइपुग्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो ।
दसैँमा सर्वसाधारणका लागि खुल्ला गर्ने भने पनि निर्माण नसकिँदा रोकिएको छ । धरहरा पुनर्निर्माणको काम निर्धारित समयमा नसकिएपछि छैँठौ पल्ट म्याद थपको लागि कम्पनीले प्रस्ताव गरेको छ ।
सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनीको अभाव देखिएको छ । सरकारले गत २१ गतेबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि चिनीको अभाव भएको हो ।
सर्वसाधारण यात्रुको ढाड सेक्ने गरी भाडादर असुल गर्ने यातायात व्यवसायीहरूले फेरि पनि दशैंको मुखमा भाडा दर वृद्धि गर्ने तयारीमा जुटेका छन् । पटक पटकको भाडा वृद्धिले हैरान बनेको सर्वसाधारणलाई फेरी पनि भाडा वृद्धि गर्न माग गरे पनि मन्त्रालयले भने स्वीकृति दिएको छैन ।
दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा एक वर्ष नवित्दै दुईवटा ठूला भूकम्प गएका छन् ।
घटस्थापनाको एक साता अघि नै दशैँका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार दशैँका लागि लक्षित गरी अग्रिम रुपमा टिकट बुकिङ् घटस्थापनाको एक साता अघिबाट खोल्नका लागि तयारी भइरहेको छ ।
चाडबाड नजिकिएसँगै बजारमा कालाेबजारी झन् बढ्दै गएको पाइएको छ । बजेट भाषणसँगै मूल्यवृद्धि हुने भन्दै असारमा विभिन्न सामग्री लुकाउँदै कृतिम अभाव सिर्जना गर्ने गर्छन र दशैं तिहार नजिकिएसँगै अत्यावश्यक उपभोग्य सामग्रीको कालोबजार गर्ने गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले वर्षाले बिग्रेको बाटोलाई मर्मत सम्भार गर्ने जनाएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आयात र निर्यात दुवै घटेको छ।
ललितपुर महानगरपालिकाका मुख्य–मुख्य १२ चोकमा स्मार्ट स्ट्रिट लाइट जडानसँगै चोरी डकैतीमा कमी आएको प्रहरीले जनाएको छ । रात्रि लाइट जडानले रात्रि जीवन र व्यवसाय समेत फस्टाएको स्थानीय व्यपारीहरुको भनाई छ ।
सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषले प्रतिफल दिने आयोजनाबारे बुझेर लगानी गर्नुपर्ने बताउनुभएको छ।
सरकारले काठमाडौँमा निर्माण गरेको सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको आवासका सेवा सुविधा के छन् भन्ने आम मानिसमा चासो छ ।