• ६ जेठ २०८१, आइतबार

भारतले ९५ हजार टन गैर बासमती चामल नेपाललाई दिने

blog

काठमाडौं, कात्तिक ८ गते । भारत सरकारले नेपाललाई ९५ हजार टन गैर बासमती वर्गको अरुवा चामल (नन् बासमती ह्वाइट राइस) दिने भएको छ । भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको छ ।

जसमा नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्सलगायत देशका लागि कोटा तोकेर चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । तर, आधिकारिक रुपमा नेपाल सरकारलाइ पत्र पठाएको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रुपमा सूचना नेपाल सरकारलाई प्राप्त नभएको बताउनुभयो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रुपमा सूचना नेपाल सरकारलाई प्राप्त नभएको बताउनुभयो । 

उहाँका अनुसार अहिले नेपाललाई नन् बासमती ह्वाइट राइस आवश्यक पर्दैन । उहाँले भन्नुभयो, “अहिले नेपाललाई यो चामलकोे आवश्यकता पर्दैन । भारतबाट गत वर्ष पाएको कोटाबाट आयात गरिएको धानको प्रशोधन हुन सकेको छैन । धानबाट उत्पादित चामल पनि बिक्री हुन सकेको छैन ।” 

उहाँका अनुसार अहिले नेपालमा नयाँ चामल उत्पादन हुने समय भएका कारण गैर बासमती वर्गको चामलको आवश्यकता नहुने उहाँको भनाइ छ । नेपालमा अभाव भएको समयमा भारतले प्रतिबन्ध लगाएको र अहिले यो वर्गको चामलको अभाव खासै नभएको खण्डमा फुकुवा गर्नाले खासै अर्थ नलाग्ने ठाकुरले बताउनुभयो । 

भारतले सन् २०२३ मा नेपालले ६ लाख टन धान आयात गर्न पाउने गरी कोटा दिएको थियो । झापा, मोरङका किसानले धान बिक्री नभएको भन्दै आफूलाई फोनमार्फत गुनासो गर्नेगरेको उहाँले सुनाउनुभयो ।

प्रवक्ता ठाकुरले भन्नुभयो, झापा, मोरङका किसानहरुले धान विक्री नभएको भन्दै गुनासाे गर्नेगरेका छन् । अब नेपालमा नै धानको उत्पादन हुन्छ, भारतले कोटा छुट्याएको यो धान आयात गर्नु अब आवश्यक छैन ।

नेपालमा अभाव भएको समयमा भारतले प्रतिबन्ध लगाएको र अहिले यो वर्गको चामलको अभाव खासै नभएको खण्डमा फुकुवा गर्नाले खासै अर्थ नलाग्ने ठाकुरले बताउनुभयो । 

भारतमा अब नयाँ चामल उत्पादन हुन थालेकाले भारतले निर्यातमा फुकुवा गरेको उहाँको बुझाइ छ । भारतले प्रतिबन्ध लगाएको समयमा उपभोक्ताले महँगो मूल्यमा चामल किनेर खानु परेकाले अब यो फुकुवाको कुनै अर्थ नरहेको ठाकुरले बताउनुभयो । 

उहाँले भन्नुभयो, जुन समयमा नेपाली उपभोक्ताले महँगो मूल्यमा चामल खरिद गरेर खान बाध्य भए त्यो समयमा भारतले प्रतिबन्ध गर्यो । अहिले नेपालमै धान उत्पादनको काम सुरु भइसकेको छ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।