प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत वर्षको एसईई नतिजा अनुसार यस वर्षको नतिजामा माथिल्लो जिपिए ल्याउनेको संख्या बढेको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन्। यो कुल विद्यार्थी सङ्ख्याको ४.६३ प्रतिशत हो ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी ) लाई २४ अर्ब बक्यौता रकम बुझाएको छ।
मनसुन सुरु भएसँगै देशभर बाढी पहिरोमा घटना बढ्दै छन् । जेठ ३१ गते मनसुन सुरु भएसँगै हालसम्म विभिन्न ३४ जिल्लाका १०७ स्थानमा पहिरो गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परी हालसम्म नौ पुरुष र तीन महिला गरी १२ जनाको मृत्यु भइसकेको छ , चार घाइते र पाँच बेपत्ता छन् ।
मध्यअसार हुँदासम्म देशभर ११ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। असारलाई धान रोप्ने मुख्य महिनाका मानिए पनि हालसम्मको तथ्यांक सन्तोषजनक छैन।
अहिलेसम्म पुँजीगत खर्च आधा भएको छैन। महालेखा परीक्षक कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार हालसम्म पुँजीगत खर्च ४२.६१ प्रतिशत मात्र भएको छ। सरकारले चालू आर्थिक वर्षमा पुँजीततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख खर्च गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्म एक खर्ब ६२ अर्ब आठ करोड ६७ लाख रुपियाँ मात्र खर्च भएको छ।
नेपालले वर्षायाममा उत्पादित बिजुली बङ्गलादेश बेच्नका लागि गरेको गृहकार्य अन्तिम रूपमा पुगेको जनाएको छ । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को भारत भ्रमणको क्रममा नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि भारतीय पक्षसँग छलफल भएको थियो ।
आगामी आर्थिक वर्षका छ महानगरले ५१ अर्ब ९९ करोड बजेट प्रस्तुत गरेका छन्। सबैभन्दा बढी काठमाडौं महानगरको २५ अर्ब ५४ करोड रुपियाँ छ।
संघ, प्रदेश र स्थानीय तहले तोकिएको समयभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार संघले जेठ १५, प्रदेशले असार १, स्थानीय तहले असार मसान्तभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ ।
वर्षायाम सुरु भएसँगै देशभरका सडकहरूमा पहिरो जाने जोखिम हुन्छ । जसका कारण यात्रुहरू अलपत्र पर्ने जोखिम हुन्छ । पहिरो जाँदा सवारीहरू जाममा पर्ने भएका कारण सडक खुलाउन सडक विभागले आफ्ना यान्त्रिक उपकरणहरू तयारी अवस्थामा राखेको जनाएको छ ।
मनसुन सुरु भएको एक हप्ताभित्रै बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । राष्ट्रिय विपद् जोखिम् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार देशको पूर्वी जिल्ला पाँचथर, ताप्लेजुङ् र संखुवासभामा शनिवार र आइतबार आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या आठ पुगेको हो । छ जना घाइते छन् ।
काठमाडौंमा पछिल्लो समय घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअनुसार काठमाडौंमा वैशाखको तुलनामा जेठ महिनामा घरजग्गाको कारोबार ६ सय ६ सङ्ख्याले बढेको हो ।
सरकारले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार आठ महिनामा सुरुङको काम ५० प्रतिशत सम्पन्न भएको हो । कुल १३.३ किलोमिटर लम्बाई रहने सुरुङको ६.६५ किलोमिटर काम सम्पन्न भएको हो ।
निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनाको प्रगति सबैभन्दा बढी रहेको छ । कम प्रगति भएको आयोजनामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम रहेको देखिएको छ ।