• ७ जेठ २०८१, सोमबार

एसईई नतिजा : कति विद्यार्थीले कति जिपिए ल्याए

blog

राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गर्दै । तस्बिर : विकास द्वारे

काठमाडौं, असार २१ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको  छ । प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन्। यो कुल विद्यार्थी सङ्ख्याको ४.६३ प्रतिशत हो । 

यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ५५ हजार ६९ छ। यो कुल विद्यार्थी सङ्ख्याको ११.६३ प्रतिशत हो । यस्तै २.८० देखि ३.२ जिपिए ल्याउने ७२ हजार ३६२ रहेका छन् । यो कुल विद्यार्थी सङ्ख्याको १४.९२ प्रतिशत हो । 

यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ८९ हजार ३३१ रहेको छ । यो कुल  विद्यार्थी सङ्ख्याको १८.४२ प्रतिशत हो । २ देखि २.४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक लाख दुई हजार २९३  रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको २१.०९ प्रतिशत हो । १.६ देखि २ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ८८ हजार ४४७ रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको १८.२४ प्रतिशत हो । 

त्यसैगरी १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ७७० रहेको छ । यो कुल  विद्यार्थी सङ्ख्याको ७.९९ प्रतिशत हो । यस्तै ०.८ देखि १.२ जिपिए ल्याउने विद्यार्थी सङ्ख्या दुई हजार २०० रहेको छ । यो कुल विद्यार्थी सङ्ख्याको ०.४५ प्रतिशत हो । 

यस्तै, १३ हजार ९९२ विद्यार्थी अनुपस्थित वा एउटा कुनै विषय मात्र दिएका मध्ये रहेको परीक्षा बोर्डले जनाएको छ । यो कुल विद्यार्थी सङ्ख्याको २.८९ प्रतिशत हो । यस वर्षको एसईई परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी थिए। 

यो पनि पढ्नुहोस



Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।