• २२ कात्तिक २०८२, शनिबार

मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिनुहुँदै

blog

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)

लक्ष्मी चौधरी 
जनकपुरधाम, कात्तिक २२ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले शनिबार प्रदेश प्रदेशसभामा विश्वासको मत लिने हुनुभएको छ ।

प्रदेश सभाको सूचना अनुसार मुख्यमन्त्री सोनलले आज दिउँसो १ बजे प्रदेश सभाको बैठकमार्फत विश्वासको मत लिने कार्यक्रम तय भएको हो ।

हाल सोनल नेतृत्वको सरकारलाई विभिन्न पाँच दलको समर्थन प्राप्त रहेको भए पनि विश्वासको मतबाट उहाँको सरकार स्थायित्वतर्फ अघि बढ्नेछ ।

गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसहित पाँच दलको समर्थनमा उहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री सोनलको विश्वासको मत प्रक्रियापछि प्रदेश सरकारको दिशा र दलगत समीकरणको अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ ।