• २२ कात्तिक २०८२, शनिबार

सप्तरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक २२ गते ।
सप्तरी प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित दुईजना युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ कनकपुर चौकबाट ब्राउनसुगरसहित प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा सुरुङ्गा ४ कनकपुर टोल घर भएका २५ वर्षीय अमिर कान्त चौधरी र सोही ठाउँका २४ वर्षीय दिपक कुमार चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको गस्ती टोलीले शुक्रबार कदमाहाबाट भेडिया आउँदै गर्दा उहाँहरुलाई रोकि जाँच गर्दा दिपक चौधरीको हातमा रहेको कालो प्लाष्टिकभित्र तीन थान साना प्लाष्टिक पुरिया फेला पारेको थियो ।

ती पुरिया खोली हेर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित ०.२८० मिलीग्राम र प्लाष्टिक हटाउँदा ०.७० मिलीग्राम रहेको बताउनुभयो ।

सोहीक्रममा दुवै युवकको साथबाट १–१ थान रियलमी स्क्रिनटच मोबाइल समेत बरामद गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।