केही दिन यता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धि हुँदैगएको छ । यस बर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
करोडको सांसद विकास कोषलाई दुई वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७७/७८ को बजेटमार्फत खारेज गर्नुभएको थियो । अहिले सांसद कोष पुनः ब्युँताउँदा यसको अर्थ के हो भन्ने छलफलको विषय बनेको छ ।
पूर्व उपसभामुख एवम् नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले नेपालमा गणतन्त्र आएपश्चात् ठूलो उपलब्धि राजनीतिक रूपान्तरण भएको बताउनुभएको छ।
सरकारले गत चैत्र २३ गते सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा सङ्घीय संरचनालाई चुस्त बनाउन उच्चस्तरीय आयोग बनाउने बताएको छ ।
यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने भाडादर घटायो । गत साता डिजेलमा प्रतिलिटर १० रुपियाँ घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको भाडादर ३.२ प्रतिशतले घटाएको हो ।
केही दिन अघिमात्र मधेश प्रदेशबाट १२ दिनसम्म पैदल यात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले पिडा अभिव्यक्त गर्ने ठाउँको रूपमा खुल्ला मञ्चलाई रोजेका थिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्डको म्याद थपका लागि अनुरोध परेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेशमा चल्ने सवारीको भाडादर घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटेसँगै सरकारले भाडादर पनि घटाएको हो ।
बजेट आउन दुई सातामात्र बाँकी छँदा संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तथा बजेटका लागि सुझाव दिएको छैन ।
काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाएको छ । महानगर प्रमुख बालेन्द्र साहको एक वर्षको प्रयासपछि अहिले महानगर भित्रका सडकमा पार्किङ निषेधित बनेका छन् ।
दैनिक जसो खानेपानीको सुविधा पाउँदै आएका उपत्यका बासीले अब तीनदेखि १० दिनको फरकमा खाने पानी थाप्न पाउने भएका छन् ।
पुतलीसडकका पुष्करराज सेढाँईलाई जेठ १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाले दुई हप्ता पानीको आपूर्ति बन्द गर्न लागेकोप्रति दुः ख लागेको छ ।
यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी पनि बढ्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा नेपालमा १३ अर्बको चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत्र सम्म १२ अर्ब ९५ करोड ५ लाख ८१ हजार बराबरको चामल आयात भएको हो ।
गर्मी याम सुरु भएसँगै देशभर डढेलो लाग्ने क्रम बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो १४ दिनमा मात्र दुई हजार बढी स्थानमा डढेलो लागेको छ ।