सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८१–८२ को बजेट संसदमा प्रस्तुत गर्ने तयारी थालेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ। सङ्घीय संसद्को दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थतन्त्रका १२ प्राथमिकता प्रस्तुत गर्नुभएको हो।
ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाइओभरको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजना पूरा हुनुपर्ने म्याद सकिएको दुई महिना बित्दा फ्लाईओभरको काम ७० प्रतिशत मात्र सम्पन्न भएको हो।
प्रि मनसुनमा वर्षा नहुँदा आगलागी र डढेलोको प्रकोप बढेको छ । सुख्खा याम सुरु भएसँगै फागुनदेखि सुरु भएको आगलागी सहितको डढेलोको ६७ जिल्ला पुगिसकेको छ ।
सरकारको प्राथमिकतामा अधिकांश जलविद्युत आयोजना रहेको लगानी बोर्डका प्रवक्ता एवम् सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो। सम्मेलन परिसरमा १४८ परियोजना सोकेस (प्रदर्शनी) मा राखिने उहाँको भनाइ छ।
शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।
विनाशकारी भूकम्प गएको नौ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पका कारण आठ हजार बढी मानिसले ज्यान गुमाएका थिए ।
गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ । आगलागीका कारण नौ दिनमै देशभर साढे ११ करोड बराबरको क्षति भएको छ । पाँच जनाको मृत्यु भएको छ ।
पछिल्लो समय केही स्थानीय तहले सरकारी कर्मचारीले आफ्ना बालबालिका अनिवार्य रुपमा सरकारी (सामुदायिक) विद्यालय पढाउनुपर्ने नियम बनाएपछि यसबारे बहस सुरु भएको छ । शिक्षाविदको पनि यस विषयमा धारणा बाझिएको छ ।
बैँकहरुको कर्जा ब्याजदर घटे पनि पर्याप्त मात्रामा कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह हुन नसक्दा बैँकहरुमा निक्षेप संकलन बढिरहेको छ ।
आगामी निर्वाचनमा महिलाको धेरै सहभागिता सुनिश्चित हुने व्यवस्था गर्न निर्वाचन आयोगलाई विज्ञले सुझाएका छन् ।
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय अभियान आइतबारबाट सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने संकल्पका साथ भर्ना अभियान सुरु भएको हो।
वि.सं. २०८० साल शुक्रबार सकिएको छ । देशको राजनीतिक, आर्थिक तथा विकास पूर्वाधारको क्षेत्रमा विभिन्न उतारचढाव हुँदै यो वर्ष आजबाट बिदा हुँदैछ। यो वर्ष सकिँदै गर्दा केही विकास पूर्वाधारमा प्रगति भएको छ भने केही पूर्वाधारले अपेक्षा गरेअनुसार प्रगति हासिल गर्न सकेका छैनन् ।
त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजङ्ग बराल बिदामा बस्दा विश्व विद्यालयको सेवा प्रवाहमा समस्या आउन थालेको छ । स्वास्थ्यको कारण देखाउँदै बराल दुई साताअघिबाट बिदामा बस्दै आउनुभएको छ ।
काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलिने (ब्रेक थ्रु) को अन्तिम चरणमा पुगेको छ । अब छिचोलिन दुई मिटर मात्र बाँकी रहेको आयोजना प्रतिनिधिले जनाएका छन् । आगामी वैशाख पहिलो साता छिचोलिने बताइएको छ ।