• १२ साउन २०८१, शनिबार

तोकिएको समयमा सकिएन ग्वार्को ‘फ्लाइओभर’

blog

काठमाडौं,चैत २३ गते । ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाईओभरको काम तोकिएको समयमा सम्पन्न भएको छैन । २०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभरको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर तोकिएको समयमा सम्पन्न भएको छैन । 

अहिले निर्माण कम्पनीले म्याद थपको लागि सडक विभागसमक्ष प्रस्ताव पेश  गरेको छ । कम्पनीले छ महिनाको लागि म्याद थपको प्रस्ताव गरेको हो । अहिले स्वीकृत भने भएको छैन । अहिलेसम्म फ्लाईओभरको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।

सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनका अनुसार ग्वार्को फ्लाईओभरको काम ६० प्रतिशत सम्पन्न भएको बताउनुभयो । बाँकी काम चाँडै सकेर आगामी असार महिनामा गाडी गुडाने योजना रहेको उहाँको भनाइ छ । गत वर्षको माघ महिनाबाट सुरु भएको  आयोजनाको काम असारमा डिजाइन गलत भएको भन्दै रोकिएकबो थियो । 

नयाँ डिजाइन तयार गरि मङ्सिरबाट निर्माण कार्य पुनः सुरु भएको थियो । फागुन महिनामा सक्ने लक्ष्य रहेको योजना डिजाइनमा भएको परिवर्तन र डिजाइनभन्दा थप काम गनुपर्ने भएकाले निर्माण पक्षले तोकेको समयमा काम सम्पन्न गरेको छैन । 

अहिले निर्माण कम्पनीले थप रकम सहित छ महिनाको म्याद थप गर्न दावि पेस गरेको महर्जनको भनाइ छ । उहाँले भन्नुभयो, “डिजाइमा परिवर्तन गनुपर्दा समय लागेको , डिजाइन निर्मण गर्दा उल्लेख नभएको जमिनमा पायलहरु थप्नुपर्ने भएको भन्दै थप रकम सहित छ महिना म्याद थप्न निर्माण कम्पनीले दावी पेश गरेको छ , निर्णय भने भइसकेको छैन ।” 

पछिल्लो समय भएको सार्वजनिक खरिद ऐन, २०६४ को संशोधनलाई टेकेर कम्पनीले थप रकमसहित म्याद थपको दाबी पेस गरेको उहाँले बताउनुभयो  ।महर्जनले भन्नुभयो, “पछिल्लो समय भएको सार्वजनिक खरिद ऐन,२०६४ लाई टेकेर नै कम्पनीले थप रकम सहित म्याद थपको दाबी पेस गरेको छ ।”  यो आयोजना नेपालमा नै नयाँ भएका कारण काम गर्दै जाँदा केही कठिनाइ भएको उहाँको भनाइ छ । उहाँका अनुसार कम्पनीले साढे सात करोड रुपियाँ थप गर्नुपर्ने प्रस्ताव गरेको छ । 

फ्लाइओभरको र्यामममा चार हजार १०२ बलियो पाएलहरु राखिएको छ । जुन कुरा सुरुमा डिजाइन बनाउने क्रममा आवश्यक नपर्ने उल्लेख थियो। र्‍यामुनी कमसल माटो परेकाले जमिनमुनिको  माटो कमसल परेका कारण पायलहरु राख्नुपरेको उहाँको भनाइ छ ।  जमिनमा ससाना खाल्डाहरु खनेर त्यसमा ग्राभेल माटो हालेर माथि उठाउने कार्यलाई पाएल भनिन्छ । 

के काम भइरहेको छ ? 

अहिले फ्लाईओभरको कोटेश्वर र सातदोबाटोतर्फ र्याम लगाउने काम भइरहेको छ । र्यामका लागि भारतबाट विशेषज्ञ  ल्याएर आर्किवाल ठड्याउने काम भइरहेको  महर्जनले बताउनुभयो ।  जसको लागि ग्राभेल गरेर र्याम उठाउने काम भइरहेको छ। पुलको बिम बनाउने काम पनि जारी रहेको उहाँको भनाइ छ । पुलमा सातवटा बिम बाध्नका लागि क्रेनको आवश्यकता पर्छ । क्रेन भारतबाट नेपालको सीमामा आइपुगेको छ । 

ठूलो क्रेन चाहिने र यो नेपालमा उपलब्ध नहुने भएका कारण भारतबाट नै ल्याउनुपरेको उहाँको भनाइ छ । ८० टनको बिम उचाल्न १०० टनको दु्इवटा क्रेन ल्याउनुपरेको हो । 

अबको एक हप्तामा उक्त क्रेन आएर काम थालिसक्ने उहाँको भनाइ छ ।  आठ हजार ट्रिपर ग्राभेल माटो आवश्वक पर्ने भएकाले जिल्ला प्रशासन कार्यालयलाई दिउँसो पनि ट्रिपर चल्न दिने व्यवस्था गर्न लागि आग्रह गरिएको उहाँको भनाइ छ । 

अहिले काम दैनिक २२ घण्टाको दरले काम भइरहेको छ । काममा ६५ जनशक्ति कार्यरत छ ।

ग्वार्को ‘फ्लाई–ओभर’ कस्तो बन्नेछ ?

 ग्वार्को फ्लाई–ओभर ४९० मिटर रहनेछ । जहाँ बालकुमारी तर्फबाट २८० मिटर लामो र्‍याम  र सातदोबाटोबाट तर्फबाट १३५ मिटर लामो र्‍याम रहनेछ । फ्लाई–ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६ मिटरको रहनेछ ।

हाल चक्रपथ आठ लेनको रहेको छ । त्यसको बीचमा चार लेनलाई फ्लाई–ओभरमार्फत माथि उठाइनेछ । जहाँ चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् । मङ्गलबजार इमाडोल मङ्गलबजार सञ्चालन हुने सवारीहरू भने फ्लाईओभर मुनिबाट चल्नेछन् । ग्वार्को फ्लाई–ओभरको लागत १७ करोड ६ लाख रुपियाँ लाग्ने बताइएको छ ।

यही रकममै निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । विभागले इपिसि (इन्जनियिरङि प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा उक्त आयोजना बनाउने गरी साउन २०७८ मा टेन्डर आह्वान गरेको थियो ।

त्यसपछि माघ २०७८ मा आरसी समानान्तर जेभी त्यसमा छनोट भएको थियो । त्यसपछि डिजाइन सकेर कम्पनीले गत वर्षको पुस महिनाबाट काम सुरु गरेको थियो ।  यो आयोजनाको निर्माणपछि पाँच वर्ष मर्मतसम्भार पनि सोही कम्पनीले  गर्नुपर्ने  सम्झौतापत्रमा उल्लेख छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।