प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक ३० गते । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाकी बिमला शाहीको हत्या भएको खुलेको छ । यही कात्तिक २३ गते बिहान १ बजे सुतेको कोठामा मृत भेटिनुभएको २४ वर्षीया बिमला शाहीको हत्या भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक बीरबहादुर सुनारले १९ वर्षीय प्रेमी अमिन शाहीले बिमलाको हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको बताउनुभयो । विदेश जाने कुरा जानकारी पाएपछि अमिनले बिमला हत्या गरेको खुलेको हो ।
बिमला हत्या आरोपमा पक्राउन परेका अमिने प्रहरीसँगको बयानमा बिमला विदेश जाने जानकारीपछि रिसले कोठामा गएर सिरानीले मुख छोपेर हत्या गरेको स्वीकार गरेका हुन् । बिमला बिवाहति हुन् ।
बिमलाका श्रीमान विदेशमा बस्दै आएका छन् । विवाह गरेको दुई महिनामा विदेश गएका श्रीमानले आफ्नो श्रीमतीलाई पनि विदेश लैजान वातारण मिलाएका थिए ।
उक्त कुरा प्रेमी अमिनले थाहा पाएपछि प्रेमीका श्रीमानसँग जान लागेको रिसले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ । हत्या आरोपीत अमिनलाई आदालतबाट दस दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ ।
बिमलाका घर परिवारले भने कसैसँग शङ्का नरहेको र उसले आफैँ केही खाएर आत्महत्यार गरेको प्रहरीसमक्ष जाहेरी दिएका थिए । तर प्रहरी यो हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।
प्रहरी निरीक्षक सुनारले मृतकका श्रीमानका भाई निर्प सुनारले सामान्य कुरा आशङ्का कारणले अमिनको कल डिटेल हेर्दा आफुहरु सफल भएको बताउनुभयो । घटना भएको दिनमा अन्तिम कल भएको भेटियो ।
मृतक बिमलाका श्रीमान विदेश गएपछि बिमला र देवर निर्प काठमाडौँमा बस्दै आउनुभएको थियो । त्यहाँ बस्दा अमिन पनि एकै घरमा कोठा लिएर बस्ने गरेका र त्यहाँ बिमला र अमिनको प्रेमसम्बध रहेको देवर निर्पले पनि जानकारी पाउनुभएको थियो ।