• १५ जेठ २०८१, मङ्गलबार

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे

blog

काठमाडौँ, चैत २१ गते । दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भेको काम सुरु भएको छ । सर्भेका लागि चीनबाट आवश्यक उपकरणहरु ल्याउने क्रम जारी छ । 

केही उपकरण अन्वेषण स्थलमा आइपुगेको छ भने केही रुपैडिया भन्सारमै रहेको खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख  दिनेशकुमार नापितले बताउनुभयो । चीनबाट भारतको कोलकत्ता हुँदै उपकरणहरु नेपालगञ्जको रुपैडिया नाकामा आइपुगेको हो ।  

उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङकाे सर्भे काम सुरु गरेका छौँ, आवश्यक उपकरणहरु केही आइसकेका छन्, केही भन्सारमै छन्, ल्याउने क्रममा छौँ ।” 

ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने परियोजना प्रमुख नापितले बताउनुुभयो ।

उहाँका अनुसार ड्रिलिङ सर्भे अन्तिम परिणामसहितको सर्भे भएकाले दैलेखमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने यकिन हुनेछ । साथै कति गहिराइमा पेट्रोलियम पदार्थ छ भन्ने  मापन हुने उहाँको भनाइ छ । ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने परियोजना प्रमुख नापितले बताउनुुभयो ।

दैलेखमा २०७६ सालदेखि पेट्रोलियम पदार्थको अन्वेषणको काम सुरु भएको थियो। नेपाल र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गत ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ गरी चार वटा सर्भे गरिसकिएको छ ।  

यी प्रारम्भिक रुपमा गरिएका सर्भेले तीन ठाउँमा ड्रिलिङ गर्न सुझाव दिएका थियों । अहिले जलजले क्षेत्र बढी उपयुक्त मानेर यस क्षेत्रमा नै पहिले ड्रिलिङ सर्भे गर्न लागिएको उहाँको भनाइ छ । 

परियोजना प्रमुख नापितले भन्नुभयो, “पहिले  गरिएको अध्ययनले तीन ठाउँमा ड्रिलिङ गर्न सुझाव दिएको थियो, यो धेरै सम्भावना भएको क्षेत्र भएर पहिलो पटक यसमा गर्दैछौँ । यसमा सफलता पाएपछि अन्य ठाउँमा पनि गर्नेछौँ ।” 

अध्ययनले चार हजार मिटरभित्र पेट्रोलियम पदार्थ भएको सम्भावनासहितको प्रतिवेदन दिएको उहाँले बताउनुभयो । अब ड्रिलिङ गरिसकेपछि मात्र बास्तविकता थाहा हुने बताइएको छ । 

दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग २ अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार कर्णाली राजमार्ग साधुँरो रहेको र ४०–५० फिट लामो उपकरणहरु लैजान ट्रकलाई समस्या भइरहेको छ । 

भैरवी गाउँपालिका –१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी एक लाख ७५ हजारका दरले मुआब्जा दि  अधिग्रहणको काम भएको छ । 

सडक समस्या 

रुपैडिया भन्सारमा रहेका उपकरणहरु सर्भेस्थलसम्म पुगाउन सडकका कारण समस्या भएको छ । परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार कर्णाली राजमार्ग साधुँरो रहेको र ४०–५० फिट लामा उपकरण लैजान ट्रकलाई समस्या भइरहेको छ । 

उहाँले भन्नुभयो, “कर्णाली राजमार्ग हुँदै उपकरणहरु दैलेख लग्नुपर्छ, राजमार्ग साँघुरा छन् । घुम्तीमा ४०–५० फिट लामा उपकरण बाेकेका ट्रकहरु लैजान नै समस्या भएको छ । केहीबेर अघि मात्र ट्रक पल्टियो ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।