• १६ चैत २०८०, शुक्रबार

कक्षा १२ को नतिजा अर्को साता आउने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २५ गते। यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो । 

उहाँले भन्नुभयो, “कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । आउने साता प्रकाशन गर्नेर्छौँ ।” अहिले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।  

उहाँका अनुसार परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५६ हजारभन्दा बढी परीक्षार्थीले कम नम्बर आएको विषयमा ग्रेड वृद्धि गर्न परीक्षा दिएका थिए । परीक्षा ७७ वटै जिल्लाका एक हजार ४५३ परीक्षा केन्द्रबाट वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।