• ६ जेठ २०८१, आइतबार

आर्थिक वर्ष २०७९/८० को मन्त्रालयगत खर्च

रक्षाको सबैभन्दा बढी, अर्थ र महिला तथा बालबालिकाको न्यून

blog

काठमाडौँ, साउन १० गते । आर्थिक वर्ष २०७९–८० हालै सकिएको छ ।  आर्थिक वर्ष समाप्त भएसँगै केही मन्त्रालयले विनियोजित बजेटको थोरै मात्र खर्च गरेका छन् भने केही मन्त्रालयको खर्च शतप्रतिशत हाराहारीमा पुगेको छ ।

रक्षा मन्त्रालयको खर्च विनियोजित बजेटमध्ये सबैभन्दा बढी भएको देखिएको छ । यस मन्त्रालयले कुल विनियोजित बजेटको ९९ प्रतिशत खर्च गरेको छ । यस मन्त्रालयका लागि कुल विनियोजित ६१ अर्ब ८३ करोड ५१ लाख बढी बजेटमा ६१ अर्ब २ करोड ६७ लाख बढी खर्च भएको देखिएको छ ।

सबैभन्दा कम बजेट खर्च गर्ने मन्त्रालयमा अर्थ र सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय छन् । यी मन्त्रालयले कुल विनियोजित बजेटको ३५ प्रतिशत मात्र खर्च गरेका छन् ।

रक्षा मन्त्रालयको खर्च विनियोजित बजेटमध्ये सबैभन्दा बढी भएको देखिएको छ । यस मन्त्रालयले कुल विनियोजित बजेटको ९९ प्रतिशत खर्च गरेको छ ।

अर्थ मन्त्रालयको लागि ३५ अर्ब १९ करोड ११ लाख ७९ हजार बजेट विनियोजन गरिएकोमध्ये १२ अर्ब ४८ करोड ५७ लाख ३६ हजार खर्च भएको छ । यस मन्त्रालयको २२ अर्ब ७० करोड ५४ लाख ४२ हजार बजेट फ्रिज भएको छ । 

खर्च सामान्य प्रशासन मन्त्रालयका लागि नौ अर्ब १६ करोड ६ लाख ३९ हजार बजेट विनियोजन गरिएकोमध्ये यस मन्त्रालयले ३ अर्ब २४ करोड १९ लाख ३२ हजार खर्च गरेको छ । यस मन्त्रालयको ५ अर्ब ९१ करोड ८६ लाख ६ हजार बजेट फ्रिज भएको छ । 

यस मन्त्रालयले कुल विनियोजित बजेट ६१ अर्ब ८३ करोड ५१ लाख २८ हजार मध्ये ६१ अर्ब २ करोड ६७ लाख १२ हजार खर्च गरेको छ । बाँकी ८० करोड ८४ लाख १५ हजार बजेट फ्रिज भएको छ । 

मन्त्रालयका लागि विनियोजित गरेको चालु र पुँजीगततर्फको बजेटमा कतिपय विकासे आयोजन सञ्चालन गर्ने मन्त्रालयको खर्च धेरै भएको छैन । केही मन्त्रालयले बढी बजेट पाए पनि खर्च गर्नमा भने कमजोर देखिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्रालयसहितको आर्थिक वर्ष २०७९–८० को तथ्याङ्क हेर्दा चार मन्त्रालयले ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेका छैनन् । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विनियोजित बजेटको ३६ प्रतिशत बजेट खर्च भएको छ । यस मन्त्रालयका लागि १ अर्ब ३० करोड ८७ लाख ५२ हजार बजेट विनियोजन गरिएकोमध्ये ४७ करोड ४८ लाख ७६ हजार खर्च भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको खर्च पनि धेरै छैन । विकास खर्च बढी हुने यस मन्त्रालयको कुल खर्च विनियोजित बजेटको ४६ प्रतिशत मात्र छ । 

महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयले विनियोजित बजेटको ३६ प्रतिशत बजेट खर्च भएको छ । 

यस मन्त्रालयमा १० अर्ब ५० करोड ४४ लाख ६९ लाख रकम विनियोजन गरिएको मध्ये चार अर्ब ८३ करोड ६४ लाख ७१ हजार खर्च भएको छ । कानुन न्याय तथा संसदीय मामला मन्त्रालयको खर्च आधा भएको छ । आर्थिक वर्ष २०७९–८० मा यस मन्त्रालयको खर्च विनियोजित बजेटको ५३ प्रतिशत छ । 

कुल विनियोजित बजेट ५६ करोड ६ लाख ७९ हजार बजेटमध्ये यस मन्त्रालयको खर्च २९ करोड ९६ लाख २८ हजार छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुल विनियोजित बजेटको ५७ प्रतिशत मात्र खर्च गरेको छ । 

यस मन्त्रालयका लागि कुल १ अर्ब ९६ करोड २६ लाख ८१ हजार विनियोजित बजेटमध्ये १ अर्ब ११ करोड ७२ लाख ९२ हजार बजेट खर्च भएको छ । सहरी विकास मन्त्रालयको खर्च ५८ प्रतिशत छ । ५९ अर्ब ९६ करोड ६९ लाख ७८ हजार बजेट विनियोजन भएकोमध्ये ३४ अर्ब ९४ करोड ८७ लाख  ३५ हजार खर्च भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खर्च ६१ प्रतिशत छ । कुल ६४ अर्ब ५१ करोड २८ लाख ६० हजार बजेट विनियोजन भएकोमा ३९ अर्ब ६३ करोड २७ लाख २५ हजार खर्च भएको छ । युवा तथा खेलकुद मन्त्रालयले ६३ प्रतिशत बजेट खर्च गरेको छ । 

यस मन्त्रालयको कुल विनियोजन बजेट तीन अर्ब ५ करोड ८२ लाख १ हजारमध्ये १ अर्ब ९२ करोड ६० लाख २२ हजार खर्च भएको छ । विकास खर्च गर्ने बलियो मन्त्रालयको रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च पनि त्यति सन्तोषजनक छैन । यस मन्त्रालयको खर्च ६६ प्रतिशत मात्र छ । 

कुल विनियोजित बजेट १ खर्ब ६८ अर्ब ८७ करोड ६९ लाख ४० हजारमध्ये १ खर्ब ११ अर्ब ५४ करोड ४२ लाख ७४ हजार खर्च भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७२ प्रतिशत बजेट खर्च गरेको छ । 

यस मन्त्रालयका लागि कुल विनियोजित छ अर्ब ९२ करोड ६७ लाख ९४ हजार बजेटमध्ये ४ अर्ब ९८ करोड ७१ लाख ६३ हजार खर्च भएको छ । खानेपानी मन्त्रालयले कुल बजेटको ७४ प्रतिशत बजेट खर्चगर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कुल विनियोजन बजेटको ७५ प्रतिशत खर्च गरेको छ । 

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले विनियोजित बजेटमध्ये ७७ प्रतिशत खर्च गरेको छ । यस मन्त्रालयले ७ अर्ब १५ करोड बढी बजेट विनियोजन गरिएकोमा पाँच अर्ब ४९ करोड बढी खर्च भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समान ८१–८१ प्रतिशत खर्च गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयको खर्च पनि सन्तोषजनक रहेको छ । यस मन्त्रालयले कुल विनियोजन बजेटको ७९ प्रतिशत खर्च भएको छ । १३ अर्ब आठ करोड बढी विनियोजन भएको यस मन्त्रालयको खर्च १० अर्ब २७ करोड बढी रहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समान ८१–८१ प्रतिशत खर्च गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका लागि कुल विनियोजित चार अर्ब ८६ करोड बढी बजेटमध्ये तीन अर्ब ९३ करोड बढी खर्च भएको छ । 

यस्तै, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको खर्च ८२ प्रतिशत भएको छ । कुल विनियोजित ५४ अर्ब ९९ करोड बढी बजेटमध्ये ४४ अर्ब ९४ करोड बढी खर्च भएको छ । परराष्ट्र मन्त्रालयले विनियोजित रकमको ८५ प्रतिशत खर्च गरेको छ । कुल ५ अर्ब ७१ करोड बढी बजेट विनियोजन भएकोमा ५ अर्ब ७० करोड बढी खर्च भएको छ । 

गृह मन्त्रालयको विनियोजित बजेटमध्ये ९७ प्रतिशत खर्च भएको छ । सुरक्षाको मुख्य जिम्मेवार यस मन्त्रालयको खर्च सन्तोषजनक नै रहेको छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।