ओखलढुङ्गामा निजामती कर्मचारीहरुले सङ्घीय निजामती ऐन तत्काल जारी गर्न नेपाल सरकारलाई दबाब दिएका छन् ।
पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
ताप्लेजुङमा रुख प्रजाति तथा जडीबुटीका दुई लाख ८० हजार बिरुवा उत्पादन गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले एकै वर्षमा उक्त सङ्ख्यामा बिरुवा उत्पादन गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा अझै छलफल हुन सकेको छैन । बजेट पारित गर्नुपर्ने समय सीमा नजिकिए पनि सत्तारुढ दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यको असन्तुष्टिका कारण बजेटमा छलफल हुन नसकेको हो ।
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सोमबारको दोस्रो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण सुरु गरेको छ । यसअघि अफलाइन फर्म भरेर पालो कुर्नुपर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण गर्न थालिएको प्रशासनले जनाएको छ ।
नाँम्खा र सिमकोट गाउँपालिकाका तीसवटा आधारभुुत विद्यालयलाई फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने भएको छ । नेपाल टेलिकमको ग्रामीण दुर सञ्चार कार्यक्रम अन्तर्गत उक्त इन्टरनेट सेवा जडानका लागि सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हो ।
प्रतिनिधिसभाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । सोमबार बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको हो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताउनु भएको छ ।
गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा उहाँलाई सो सम्मानबाट सम्मानित गरेको हो ।
सोमबार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अङ्कले घटेर १९१५.६१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १३.०३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अङ्कले घटेको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गरेको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा अहिले नामिबियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।