• ४ जेठ २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा लम्साल र रेग्मीलाई आवासीय राजदूत पदमा नियुक्त

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत  नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । 

यसैगरी, उहाँले भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले सो जानकारी दिनुभएको हो ।